images

२०८३ कार्तिक ५ गते

images
images
images

गरिमा विकास बैंकलाई ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी’ सम्मान

गरिमा विकास बैंकलाई ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी’ सम्मान

images
images
सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • काठमाडौं । गरिमा विकास बैंक लिमिटेड ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी’ अवार्डबाट सम्मानित भएको छ ।भारतीय चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको दोस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड कन्क्लेभ एन्ड अवार्ड कार्यक्रममा गरिमा विकास बैंक सम्मानित भएको हो ।

    images
    images

    सो अवार्डका लागि नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरूले प्रतिस्पर्धा गरेका थिए ।गरिमा विकास बैंकका अनुसार यो अवार्ड कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिन्छ ।

    सो अवार्डले गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट एवम् सुरक्षित रहेको पुष्टि भएको बैंकले जनाएको छ ।

    images
    images

    कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ इकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपालको बैंकिङ परिदृश्य, बैंकिङमा प्रविधिको प्रयोग र आगामी चुनौतीका बारेमा आफ्नो धारणा राखेका थिए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend