images

२०८३ कार्तिक ५ गते

images
images
images
  • बैंक वित्त
  • एनआईसी एशिया बैंकले पायो सर्वोत्कृष्ट डिजिटल...

एनआईसी एशिया बैंकले पायो सर्वोत्कृष्ट डिजिटल बैंकिङ अवार्ड

एनआईसी एशिया बैंकले पायो सर्वोत्कृष्ट डिजिटल बैंकिङ अवार्ड

images
images
सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • काठमाडौं। दोस्रो आईसीसी इमर्जिङ एशिया बैंकिङ अवार्डअन्तर्गतको सर्वोत्कृष्ट डिजिटल बैंकिङ अवार्ड एनआईसी एशिया बैंकले प्राप्त गरेको छ ।

    images
    images

    ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरूप सम्पूर्ण बैैंकिङ सेवाहरू क्रमिक रूपले डिजिटल माध्यममा रूपान्तरण गरिरहेका समय प्राप्त उक्त पुरस्कारले डिजिटल बैंकिङमा अझ बढी उत्प्रेरणा मिलेको बैंकले जनाएको छ ।

    इण्डियन चेम्बर अफ कमर्सको दोस्रो आईसीसी इमर्जिङ एशिया बैंकिङ अवार्ड्सअन्तर्गत गत अगष्ट २३ भारतको नयाँ दिल्लीमा आयोजना गरिएको ‘बैंकिङ कनक्लेभ(२०२४’ कार्यक्रममा यस बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

    images
    images

    यस अवार्डमा बिमस्टेकअन्तर्गतका राष्ट्रहरू नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमारलगायतका देशहरूका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए । यी देशका बैंकहरूले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट यस बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।

    यस अवार्डमा उत्कृष्ट बैंक छनोट गर्नका लागि इण्डियन च्याम्बर अफ कमर्सअन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरू निर्धारण गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend