images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • माबिलुङ्ग इनर्जीको आईपीओमा २१ गुणा बढी...

माबिलुङ्ग इनर्जीको आईपीओमा २१ गुणा बढी आवेदन

माबिलुङ्ग इनर्जीको आईपीओमा २१ गुणा बढी आवेदन

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओमा २१.३५ गुणा बढी आवेदन परेको छ । साउन २६ गतेदेखि निष्काशन भएको उक्त आईपीओमा २१.३५ प्रतिशत बढीले आवेदन दिएका हुन् । कम्पनीले आम सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता आईपीओ निष्काशन गरेको थियो । आईपीओ भर्ने अन्तिम दिन आज बिहीबार अपरान्ह ५ बजेसम्म २३ लाख २५ हजार २५६ जनाले २ करोड ६६ लाख ६७ हजार १७० कित्ताका लागि आवेदन दिएको सीडीएस एण्ड क्लीयरीङ लिमिटेडले जनाएको छ ।

    images
    images

    कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालिहरुका लागि यसअघि नै आईपीओ निष्काशन गरेर बाँडफाँड गरिसकेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

    कम्पनीले सञ्चालन गरेको ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको छ । सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३१ वर्ष बाँकी रहेको छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.४३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.०९ वर्ष रहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend