images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • नेप्सेमा झिनो अंकको वृद्धि, ७ अर्ब...

नेप्सेमा झिनो अंकको वृद्धि, ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार

नेप्सेमा झिनो अंकको वृद्धि, ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • काठमाडौं । साताको अन्तिम शेयर कारोबार हरियो भएर बन्द भएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६२ अंकले बढेको छ । नेप्से ०.०९ प्रतिशतले बढेर परिसूचक २७८८.२६ विन्दुमा पुगेको छ । नेप्से झिनो अंकले बढ्दा कारोबार रकम पनि बढेको छ । बिहीबार ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर कारोबार भएको छ । 

    images
    images

    बजार बन्द हुँदा १०८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । दिनभरमा ३२० वटा कम्पनीको शेयर ७६ हजार ५४२ पटक किनबेच भएको छ । १३ समूह मध्ये विकास बैंक, लगानी समूह, उत्पादन तथा प्रशोधन, अन्य समूह र ट्रेडिङ समूह बढेको छ भने बाँकी अन्य समूह घटेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend