images

२०८३ कार्तिक ५ गते

images
images
images
  • बैंक वित्त
  • आईएमई लाइफका सीईओ फुयाँलको पुनर्नियुक्ति नै...

आईएमई लाइफका सीईओ फुयाँलको पुनर्नियुक्ति नै बदर, डी-सीईओ नियुक्तिमा विवादको आशंका

आईएमई लाइफका सीईओ फुयाँलको पुनर्नियुक्ति नै बदर, डी-सीईओ नियुक्तिमा विवादको आशंका

images
images
आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • काठमाडौं । आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयाँलको पुनर्नियुक्ति नै बदर गरिएको छ । केही दिनअघि मात्रै अर्को कार्यकालका लागि उनलाई नियुक्ति गरिएको जानकारी कम्पनले सार्वजनिक गरेको थियो । 

    images
    images

    तर आज (आइतबार) भने फुँयालले पुनर्नियुक्ति नै नपाएको ढंगले कम्पनीले उनको चार बर्षे पदावधि सक्किएको व्यहोराको पत्र नेपाल बीमा प्राधिकरणलाई पठाएको छ । उनको पुनर्नियुक्ति शुक्रबार (भदौ ७)देखि सुरु भएकोमा सोही दिनदेखि उनले कम्पनी छोडेका हुन् । फुँयालले राजीनामा पत्र बुझाए पनि पत्र थन्क्याएर सञ्चालक समितिले पुनर्नियुक्ति नै नभएको जानकारी प्राधिकरणलाई दिएको हो ।

    स्रोतका अनुसार फुँयालको पुनर्नियुक्तिसँगै कम्पनी सञ्चालक समितिले दुई जना डेपुटी सीईओ नियुक्ति गरेको र त्यसमा फुँयालको असन्तुष्टि भएपछि राजीनामा दिएर परिवारसहित घुम्न गएको हुनसक्ने अडकल गरिएको छ । यता प्राधिकरण स्रोतले भने आईएमई लाइफको विवादबारे चाल नपाएको तर्क गरेको छ । प्राधिकरण स्रोतले अहिलेसम्म उक्त कम्पनीको सीईओ नियुक्तिबारे कुनै जानकारी नआएको दावी गर्यो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend