काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार गोलभेँडाको भाउ बढेको देखाएको हो ।कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको भाउ प्रतिकिलो १० रुपैयाँ बढेको छ ।
आइतबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको नेपाली ठूलो गोलभेँडा आज ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।यस्तै लोकल गालभेँडाको भाउ पनि प्रतिकिलो ५ रुपैयाँले बढेको छ ।आज लोकल गोलभेँडा प्रतिकिलो ३० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार भने लोकल गोलभेँडा प्रतिकिलो २५ रुपैयाँमा किनबेच भएको थियो ।टनेलको सानो गोलभेँडा भने आज प्रतिकिलो ४४ रुपैयाँमा किनबेच भइरहेको छ ।




.gif)



