images

२०८३ कार्तिक ५ गते

images
images
images

शाइन रेसुंगा बैंकले जित्यो बेस्ट बैंक सहित तीनवटा उपाधि

शाइन रेसुंगा बैंकले जित्यो बेस्ट बैंक सहित तीनवटा उपाधि

images
images
आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैकिंङ अवार्ड–२०२३ अन्तर्गत नेपालबाट बेस्ट बैंक सहित तीनवटा उपाधि जितेको छ । इण्डियन च्याम्बर अफ कमर्सले भारतको नयां दिल्लीमा आयोजना गरेको ‘बैंकिङ कन्क्लेभ  २०२४’ मा शाइन रेसुंगाले नेपालबाट बेस्ट बैंक सहित बेस्ट पर्फमेन्स अन प्रोेफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटोगोरीमा पनि  उत्कृष्ट हुंदै उपाधि जित्न सफल भएको हो ।

    images
    images

    अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरु भारत,नेपाल,श्रीलंका,भुटान,म्यानमार लगायतका देशका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । शुक्रबार नयां दिल्लीमा आयोजित समारोहमा शाइन रेसुंगा डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र प्रमुख वित्त अधिकृत भुवन पन्थले अवार्ड ग्रहण गरेका थिए । नेपालबाटै एनआईसी एशिया बैंकले बेस्ट पर्फमेन्स अन डिजिटल बैंकिङ शिर्षकमा र गरिमा विकास बैंकले बेस्ट पर्फमेन्स अन एसेट म्यानेजमेन्ट ९सम्पत्ति व्यवस्थापन० क्याटोगोरीमा  अवार्ड जितेका छन् ।

    इण्डियन च्याम्बर अफ कमर्सले गत वर्षदेखि वितरण गर्न शुरु गरेको यो अवार्डमा शाइन रेसुंगाले पहिलोपटकमै बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरीमा उत्कृष्ट हुंदै अवार्ड जितेको थियो  ।  अहिले दोस्रोपटक पहिलोपटक जितेका दुई विधा संगै प्रमुख विधा बेस्ट बैंक अवार्ड समेत जितेर बैंकले आफूलाई थप उत्कृष्ट र अब्बल सावित गरेको छ । 

    images
    images

    अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सुचक निर्धारण गरेको थियो । जसमध्ये शाइन रेसुंगाले कुल सम्पत्ति, कुल निक्षेप, कुल कर्जा तथा सापटी, खुद कर्जा तथा सापटी, कुल ब्याज आर्जन,कुल ब्याज खर्च,शुल्कमा आधारित आम्दानी,सञ्चालन खर्च,कर पछिको खुद नाफा,प्रावधान र आकस्मिकता तथा अन्य आम्दानी लगायतका सुचकहरुमा उत्कृष्ट भएको थियो ।

    बैंकले यसअघि न्यु विजनेस एज प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा दुई पटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितेको छ। स्थापनाकालदेखि नै इथिकल बैकिङको मूल्य मान्यतामा आर्थिक सुशासन कायम गर्दै अघि बढेकाले निरन्तर अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका अवार्डहरु जित्न  सफल भएको र यसबाट बैंकको उचाई थप माथि पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

    सौन्दर्यसम्बन्धी सेवामा मात्र सीमित नभई फेसियल हाउसले फेसियल हाउस अफ कस्मेटिक, फेसियल हाउस ब्युटी एकेडेमी र फेसियल हाउस इन्टरटेन्मेन्टबाट पनि आफूलाई विस्तारित र बहुआयामिक बनाउँदै लगेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend