काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डका ३ योजनाले लाभांश घोषणा गरेका छन् ।३ बन्दमुखी योजनाले इकाइधनीलाई १७ र २० प्रतिशत लाभांश घोषणा गरेका छन् । सिद्धार्थ इक्वीटी फन्डले इकाइधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ ।
त्यस्तै सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम– २ ले पनि २० प्रतिशत र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ ले १७ प्रतिशत लाभांश दिने भएको छ । यी इकाइको बुक क्लोज मिति सूचना पछि प्रकाशन गरिने व्यवस्थापक सिद्धार्थ क्यापिटलले जनाएको छ ।यी तीनसहित हालसम्म २० म्युचुअल फन्डले लाभांश घोषणा गरिसकेका छन् ।




.gif)



