काठमाडौँ — चालु आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ८१ करोड ८७ लाख रुपैयाँ बराबरको फलाम तथा इस्पातका उत्पादन निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ९ अर्ब ८९ करोड ९६ लाख रुपैयाँ बराबरको फलाम तथा इस्पातका उत्पादन निर्यात भएको थियो ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष फलाम तथा इस्पातका उत्पादनको निर्यात ५९.८ प्रतिशतले बढेको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रले जनाएको छ ।गत आर्थिक वर्षभर कुल १० अर्ब ८२ करोड रुपैयाँको फलाम तथा इस्पातका उत्पादन निर्यात भएको थियो ।
चालु आर्थिक वर्षमा फलाम तथा इस्पातका १ खर्ब ३५ अर्ब ६९ लाख रुपैयाँ बराबरको आयात भएको थियो । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.८ प्रतिशतले कम आयात भएको हो । गत आर्थिक वर्ष ११ महिनामा १ खर्ब ५३ अर्ब ८५ करोड रुपैयाँ बराबरको फलाम तथा रड आयात भएको थियो । आयातित फलाम तथा रड प्रशोधन भई स्वदेशमै खपतसँगै निर्यात हुने गरेको छ ।




.gif)





