images

२०८३ आश्विन २५ गते

images
images
images

अर्बिट इनर्जीले आईपीओ निष्काशन गर्ने

अर्बिट इनर्जीले आईपीओ निष्काशन गर्ने

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नका लागि कम्पनीले भदौ १३ गते वार्षिक साधारणसभा आह्वान गरेको छ ।सो दिन दिउँसो ३ बजेदेखि कम्पनी रजिस्टर्ड कार्यालय हाँडीगाउँमा साधारणसभा हुनेछ । जहाँ सर्व साधारणका लागि छुट्याइएको आईपीओ जारी गर्ने प्रस्ताव पेश हुनेछ । 

    images
    images

    यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयर आईपीओ जारी गर्ने सम्बन्धमा नियमनकारी निकायहरूबाट प्रबन्ध पत्र तथा नियमावली संशोधन लगायत कुनै पनि किसिमको फेरबदल, संशोधन एवं थपघट सम्बन्धी कुनै निर्देशनहरू प्राप्त भएमा सोही बमोजिम संशोधन, फेरबदल एवं थपघट गर्न संचालक समिति वा संचालक समितिले तोकेको प्रतिनिधिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पेश हुनेछ । 

    वार्षिक साधारण सभा प्रयोजनका लागि भदौ ६ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ । अर्थात् भदौ ५ गतेसम्म कायम शेयरधनीले सो सभामा भाग लिन पाउने छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend