images

२०८३ आश्विन २५ गते

images
images
images
  • शेयर
  • ठमेल प्लाजा होटलले आईपीओ जारी गर्ने...

ठमेल प्लाजा होटलले आईपीओ जारी गर्ने तयारी, भदौ १४ गते वार्षिक साधारणसभा

ठमेल प्लाजा होटलले आईपीओ जारी गर्ने तयारी, भदौ १४ गते वार्षिक साधारणसभा

images
images
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • काठमाडौं, साउन २२–ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी थालेको छ। कम्पनीले यस सम्बन्धी प्रस्ताव पारित गर्न आउँदो भदौ १४ गते वार्षिक साधारणसभा आह्वान गरेको हो।

    images
    images

    साधारणसभा बिहान १०ः३० बजे ठमेल प्लाजा होटल एण्ड सुइटसको सभाकक्षमा सुरु हुनेछ। सभामा सर्वसाधारणका लागि सेयर जारी गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, नियमनकारी निकायबाट प्राप्त निर्देशन अनुसार आवश्यक परेमा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन, थपघट वा फेरबदल गर्न संचालक समिति वा समितिले तोकेको प्रतिनिधिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि राखिनेछ।

    कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि आगामी भदौ ६ गते बुक क्लोज गर्ने जनाएको छ। यसअनुसार भदौ ५ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend