images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • एक महिनामा सवा खर्बको व्यापार घाटा,...

एक महिनामा सवा खर्बको व्यापार घाटा, ९ प्रतिशतले घट्यो निर्यात

एक महिनामा सवा खर्बको व्यापार घाटा, ९ प्रतिशतले घट्यो निर्यात

images
images
शुक्रवार, भाद्र ७ २०८१
शुक्रवार, भाद्र ७ २०८१
  • काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा देशको व्यापार घाटा एक खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ ।साउनमा देशको व्यापार घाटा १ खर्ब १६ अर्ब १५ करोड ९ लाख ७४ हजार रुपैयाँ पुगेको भन्सार विभागको तथ्याङ्कले देखाएको हो ।

    images
    images

    गत आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा देशको व्यापार घाटा १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख १५ हजार रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा देशको व्यापार घाटा ०.३८ प्रतिशतले बढेको छ ।

    भन्सार विभागका अनुसार साउनमा मात्रै नेपालले १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपैयाँको आयात गरेको छ । गत आर्थिक वर्षको साउन महिनामा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । 

    images
    images

    त्यस्तै, नेपालले एक महिनामा १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।गत आर्थिक वर्षको साउन महिनामा भने नेपालले १३ अर्ब ५२ करोड ६८ लाख ५६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।गत वर्षको तुलनामा देशको निर्यात ९.६३ प्रतिशतले घटेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend