काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र काठमाडौंस्थित प्रचलित ‘ट्याङ्कुलिटी स्पा’बीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले ‘ट्याङ्कुलिटी स्पा’का देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ३० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ‘ट्याङ्कुलिटी वेलनेश कार्ड’ धारक ज्योति विकास बैंकका ग्राहकहरूले ब्युटी सैलून सेवाहरूमा ४० प्रतिशत छुट र स्पा, मसाज, स्टिम, साउना, जकुजी तथा अन्य सेवाहरूमा ६० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्ने अवसर पाउनेछन् ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।




.gif)





