images

२०८३ आश्विन २० गते

images
images
images

गुन्द्रुकको भाउ घट्यो, किलोको कति ?

गुन्द्रुकको भाउ घट्यो, किलोको कति ?

images
images
मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • काठमाडौं । स्थानीय बजारमा गुन्द्रुकको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आज मंगलबार गुन्द्रुकको भाउ घटेको देखाएको हो ।समितिको तथ्यांक अनुसार मंगलबार कालीमाटी बजारमा गुन्द्रुक प्रतिकिलो थोकमा २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

    images
    images

    हिजो सोमबार भने गुन्द्रुक प्रतिकिलो ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो । हिजो सोमबारको तुलनामा आज मंगलबार प्रतिकिलो ३५ रुपैयाँ घटेको हो ।कालीमाटी बजारका व्यवसायीहरू पहाडी जिल्लाबाट बढी मात्रामा गुन्द्रुक बजारमा आइरहेको बताउँछन् । यहाँका व्यापारीले काभ्रे, धादिङ, नुवाकोट, इलाम, पोखरा लगायत ठाउँबाट ल्याएर गुन्द्रुक बेच्ने गरेका छन् ।

    विगतमा खासै वास्ता नगरिने गुन्द्रुक अहिले साना पसलदेखि ठूला डिपार्टमेन्टल स्टोर र मार्टमा प्याकेजिङ र लेबल सहित बिक्री भइरहेका छन् । त्यसमाथि अनलाइन सपिङ प्ल्याटफर्ममा पनि दर्जनौं ‘भेराइटी’ का गुन्द्रुक अर्डर गर्न पाइन्छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend