images

२०८३ आश्विन २४ गते

images
images
images

गुल्मीमा ८६ प्रतिशत राजस्व सङ्कलन

गुल्मीमा ८६ प्रतिशत राजस्व सङ्कलन

images
images
शुक्रवार, भाद्र ७ २०८१
शुक्रवार, भाद्र ७ २०८१
  •  काठमाडौं । गुल्मी करदाता सेवा कार्यालय गुल्मीले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ८६ प्रतिशत राजस्व सङ्कलन गरेको छ । करदाता सेवा कार्यालयले ४६ करोड ४४ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ३९ करोड ८५ लाख ३३ हजार रुपियाँ मात्र राजस्व सङ्कलन गरेको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख कर अधिकृत सुरज बस्यालले जानकारी दिनुभयो ।

    images
    images

    कर अधिकृत बस्यालका अनुसार आयकरतर्फ २३ करोड ६ लाख ८० हजार रुपियाँ, भ्याटतर्फ १५ करोड ८३ लाख ९२ हजार रुपियाँ र अन्तःशुल्कतर्फ ९४ लाख ५८ हजार रुपियाँ राजस्व सङ्कलन भएको हो । 

    आर्थिक वर्ष २०७९/८० को तुलनामा गत वर्ष आठ दशमलव ५ प्रतिशत बढी राजस्व सङ्कलन भएको हो । गत वर्ष तीन करोड १२ लाख ९१ हजार रुपियाँले बढी राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

    images
    images

    दुई करोड रुपियाँभन्दा बढी भ्याट बक्यौता रहेकोमा करदाता सेवा कार्यालयले गतवर्ष एक करोड रुपियाँले सो भ्याट बक्यौता घटाएको छ । गुल्मीमा हालसम्म कुल १३ हजार २८७ करदाता दर्ता भएका छन् । 

    जसमा ११ हजार ४९५ करदाता छन् । हालसम्म तीन हजार करदाताले आयकर विवरण बुझाएका छैनन् । गत वर्ष ६८९ नयाँ करदाता दर्ता र ५७२ करदातालाई खारेजी गरिएको कर अधिकृत बस्यालले बताउनुभयो ।

    विशेषगरी आर्थिक मन्दी र बढ्दो बसाइँसराइका कारण व्यवसायी सञ्चालनमा समेत कमी आएको छ । करदातालाई करको दायरामा ल्याउने उद्देश्यले विभिन्न समयमा जिल्लाका विभिन्न १२ स्थानमा गरिएको करदाता शिक्षा कार्यक्रममा ७९३ जनाको सहभागिता रहेको करदाता सेवा कार्यालयका सूचना अधिकारी इन्दिरा नेपालले बताउनुभयो । 

    जिल्लामा २०७७ सालमा करदाता सेवा कार्यालयको स्थापना भएसँगै कर तिर्नकै लागि व्यवसायीलाई पाल्पा जानुपर्ने बाध्यताको अन्त्य भएको गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताउनुभयो । यहाँ करदाता सेवा कार्यालय स्थापना हुँदा विशेषगरी सबै व्यवसायीहरु करको दायरामा आएको उहाँले बताउनुभयो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend