images

२०८३ आश्विन २४ गते

images
images
images
  • अर्थतन्त्र
  • एमसीसी नेपालद्वारा वार्षिक कार्यप्रगति विवरण सार्वजनिक,...

एमसीसी नेपालद्वारा वार्षिक कार्यप्रगति विवरण सार्वजनिक, अपेक्षाकृत उपलब्धि भएको दाबी

एमसीसी नेपालद्वारा वार्षिक कार्यप्रगति विवरण सार्वजनिक, अपेक्षाकृत उपलब्धि भएको दाबी

images
images
शुक्रवार, भाद्र ७ २०८१
शुक्रवार, भाद्र ७ २०८१
  • काठमाडौँ । अमेरिकी सरकारको एमसीसी नेपाल कम्प्याक्ट अर्थात् एमसीसी परियोजना कार्यान्वयनको एक वर्ष पूरा भएको छ। 

    images
    images

    एमसीए नेपालका अनुसार यो एक वर्षमा महत्त्वपूर्ण प्रगति भएको छ। यसअनुसार विद्युत् प्रसारण आयोजनातर्फ ३ सबस्टेसन निर्माणको ठेक्का सम्झौता र १८ किमि सीमापार विद्युत् प्रसारणलाइनको ठेकेदार छनोट भएको छ। 

    यसअनुसार ठेक्का सम्झौता सम्पन्न भएकामा नयाँ बुटवल, नवलपरासी पश्चिम सबस्टेसन ३ करोड ५५ लाख १० हजार डलरमा गत वैशाख २७ गते, रातमाटे नुवाकोट सबस्टेसन ५ करोड १६ लाख डलरमा गत असार १ गते र नयाँ दमौली तनहुँ सबस्टेसन ३ करोड ८८ लाख ९० हजार डलरमा निर्माणका लागि गत साउन १६ गते ठेक्का सम्झौता भएको छ। 

    images
    images

    त्यसैगरी १८ किमि लामो सीमापार विद्युत् प्रसारणलाइनका लागि गत साउनमा ठेकेदार छनोट भएको एमसीए नेपालले जनाएको छ। अझै २९७ किमि प्रसारणलाइनका लागि भने पुनः बोलपत्र आह्वान गरिने तयारी छ। यही वर्ष बोलपत्र आह्वान हुने एमसीए नेपालले जनाएको छ।

    त्यसैगरी निर्माणस्थलमा पहुँच र जीविकोपार्जन पुनर्स्थापनातर्फ जग्गाप्राप्तिलगायतका काम भएका छन्। यसअनुसार १० जिल्लामा ८५६ वटा प्रसारण टावरका जग बनाउन जग्गाप्राप्तिमा प्रगति भएको छ। त्यस्तै २७० जनालाई दुई वर्षे जीविकोपार्जन पुनर्स्थापना कार्यक्रममार्फत तालिम प्रदान गरिएको छ भने ९ जिल्लामा जग्गाको मुआब्जा निर्धारण गर्न मुआब्जा निर्धारण समिति गठन गरिएको छ। 

    यसबाहेक धादिङ, मकवानपुर र नवलपरासी पश्चिम गरी ३ जिल्लामा जग्गाको मुआब्जा निर्धारण गरिएको छ। ९ जिल्लामा पहिलो चरणको रुख गणना कार्य सकिएको छ। 

    उता सडक मर्मतसम्भार आयोजनातर्फ सडक विभागलाई प्रयोगशाला स्तरोन्नति, सडक परीक्षण उपकरण र प्राविधिक तालिम लगायत सहयोग प्रदान गरिएको एमसीए नेपालले जनाएको छ। यसबाहेक धानखोलादेखि लमहीसम्म फूल डेप्थ रिक्लेमेसन (एफडीआर) प्रविधि प्रयोग गर्न ४० किमि लामो सडकखण्ड स्वीकृत गरिएको छ। यसको यही वर्ष बोलपत्र आह्वान गरिनेछ। 

    आवधिक मर्मतसम्भारका लागि दुईवटा सम्भावित सडकखण्डको पहिचान गरी स्वीकृत गरिएको एमसीए नेपालले जनाएको छ। 

    एमसीसी परियोजनाअन्तर्गत अमेरिकी ५० करोड डलर र नेपाली १९ करोड ७० लाख डलर खर्च गर्ने सम्झौता भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend