काठमाडौँः नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको निर्णयअनुसार १६ साउन बिहान १ः०० बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर एक रुपैयाँ घटेको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढेको छ ।
यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर तीन रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी २१ डलरले बढाएको निगमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । साथै, एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् छ ।
अब नयाँ मूल्य अनुसार काठमाडौं अब पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, डिजेल र मट्टितेल १५० पैसा पर्नेछ ।




.gif)





