images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • आरटीजीएसको असारमा ६४ खर्ब भन्दा बढी...

आरटीजीएसको असारमा ६४ खर्ब भन्दा बढी  भुक्तानी, कारोबार ११६ प्रतिशतले बढ्यो

आरटीजीएसको असारमा ६४ खर्ब भन्दा बढी  भुक्तानी, कारोबार ११६ प्रतिशतले बढ्यो

images
images
बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • काठमाडौं ।नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो असार महिनामा आरटीजीएस प्रणालीबाट मात्र ६४ खर्ब ५१ अर्ब १६ करोड १० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको हो ।बढ्दो डिजिटल कारोबारमा रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) मा ऐतिहासिक कारोबार भएको छ ।

    images
    images

    यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ११६ प्रतिशतले बढी हो । २०८० असारमा आरटीजीएस मार्फत जम्मा २९ खर्ब ८३ अर्ब ९३ करोड रुपैयाँ बराबरको मात्र भुक्तानी कारोबार भएको थियो । 

    यस्तै समीक्षा अवधिमा २ करोड ४६ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता मार्फत ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ भुक्तानी कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो मोबाइल भुक्तानी कारोबार २ करोड १३ लाख प्रयोगकर्ता मार्फत २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको थियो । 

    images
    images

    यस्तै, समीक्षा अवधिमा इन्टरनेट बैंकिङ प्रयोगमार्फत १७ अर्ब ७३ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार हुँदा विभिन्न वालेट सेवाहरूमार्फत ३१ अर्ब ३० करोड २० लाख रुपैयाँ भुक्तानी कारोबार भएको बैंकले जनाएको छ । 

    समीक्षा अवधिमा सरकारी भुक्तानी साधन कनेक्ट आईपीएसमार्फत ६ खर्ब ६६ अर्ब ५८ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको छ । एटीएम(डेबिट कार्ड)तथा क्रेडिट कार्डमार्फत ९७ खर्ब ३३ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend