images

२०८३ आश्विन १६ गते

images
images
images

सुनका गरगहना,नगद चोरीमा संलग्न व्यक्ति पक्राउ

सुनका गरगहना,नगद चोरीमा संलग्न व्यक्ति पक्राउ

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • काठमाडौः कपिलवस्तु प्रहरीले २५ लाख रुपैयाँभन्दा बढीको सुनका गरगहना र नगद चोरीमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ।

    images
    images

    जिल्लाको शिवराज नगरपालिका–५ स्थित एक घरबाट चोरी भएको केही दिनमै प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सफल भएको हो।

    जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका अनुसार, साउन ६ गते राति करिब ३ बजे शिवराज नगरपालिका–५, प्रगति टोलका दीपक न्यौपानेको घरबाट करिब २५ लाख रुपैयाँ बराबरको नगद तथा सुनका गरगहना चोरी भएको थियो।

    images
    images

    घटना लगत्तै वडा प्रहरी कार्यालय, चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले अनुसन्धान थालेको थियो।

    नजिकै रहेको फफुरी इङ्लिस बोर्डिङ स्कुलको सीसीटीभी फुटेजको आधारमा हुलिया पहिचान गरी खोजी गर्ने क्रममा दाङको लमही नगरपालिका–४, अर्नवा घर भएका ३२ वर्षीय टोपेन्द्र सिंह ठकुरीलाई साउन ९ गते शिवराज–१, बनकट्टाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ परेका ठकुरीले सोधपुछका क्रममा चोरी स्वीकार गर्दै गरगहना आफ्नो घरमा लुकाएको बताएका थिए। उनको बयानका आधारमा प्रहरीले उनको घरबाट रानीहार १ थान, सिक्री १ थान, झुम्का १ जोर, ब्रासलेट १ थान, टप ३ जोर, हार १ थान र मुन्द्रा १ जोर लगायतका गरगहना बरामद गरेको छ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार ठकुरीलाई कपिलवस्तु जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ। वडा प्रहरी कार्यालय, चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले अभियुक्तले केही गरगहना बेचिसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend