images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा दोहोरो अंकको गिरावट, २६...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २६ अर्ब ५७ करोड बराबरको कारोबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, २६ अर्ब ५७ करोड बराबरको कारोबार

images
images
आइतवार, श्रावण ११ २०८२
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौं । लगातारको आठ दिनको वृद्धिपछि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.९३ अंकले घटेर १९५८.७१ बिन्दुमा रोकिएको छ ।

    images
    images

    कारोबारको सुरुवाती समयमा नेप्से बढ्दै ३०१३.१७ बिन्दुसम्म पुगेपनि त्यसपछि भने घट्न सुरु गरेको थियो । यसअघिका आठ कारोबार दिन भने नेप्से लगातार बढेको थियो ।आठ दिनको लगातारको वृद्धिपछि आइतबार भने नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।

    सूचक घटेपनि कारोबार रकम भने बढेको छ । आइतबार नेप्सेमा कुल २६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा १८ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।आइतबार कारोबारमा आएकामध्ये १८६ कम्पनीको सेयर मूल्य बढ्दा ६३ कम्पनीको घटेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend