images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • हिमालयन बैंकको एफपीओ साउन १३ गते...

हिमालयन बैंकको एफपीओ साउन १३ गते बाँडफाँट हुँदै

हिमालयन बैंकको एफपीओ साउन १३ गते बाँडफाँट हुँदै

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • काठमाडौं । हिमालयन बैंकको एफपीओ साउन १३ गते मंगलबार बाँडफाँट गरिने भएको छ । असार मसान्तमा खुलेको एफपीओमा ४.४३ गुणा बढी आवेदन परेको थियो ।बैंकले असार ३२ गते प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ताका एफपीओका लागि आवेदन माग गरेको थियो ।

    images
    images

    जसमा १७ लाख ४ हजार २७३ जनाले ४ करोड ९ लाख ६६ हजार ५०० कित्ताका लागि आवेदन दिएका थिए ।मंगलबार बाँडफाँड हुन लागेको एफपीओ १०–१० कित्ताको दरले ९ लाख २५ हजार ४६ जनालाई पर्नेछ ।बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले एफपीओ जारी गरेको थियो ।हाल बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ । जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ ।

    सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको सार्वजनिक निष्कासन गरेको थियो । अब बैंकको चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुग्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend