images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • अब सार्वजनिक स्थलमा धुम्रपान गरे पाँच...

अब सार्वजनिक स्थलमा धुम्रपान गरे पाँच सय जरिबाना

अब सार्वजनिक स्थलमा धुम्रपान गरे पाँच सय जरिबाना

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • काठमाडौँ । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक स्थलहरूमा धुम्रपान गर्नेलाई अब प्रत्येकपटक पाँच सय रुपैयाँ जरिबाना गर्ने भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि हालै सम्पन्न नगरसभाबाट पारित आर्थिक विधेयकमा यो व्यवस्था गरिएको हो। सार्वजनिक स्थलमा धुम्रपानको बढ्दो क्रम र यसले निम्त्याएको जनगुनासालाई सम्बोधन गर्न यो नियम ल्याइएको महानगरले जनाएको छ।

    images
    images

    नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताएअनुसार, धुम्रपानबाहेक अन्य विभिन्न अनियमिततामा पनि महानगरले कडाइ गरेको छ। तोकिएको स्थानबाहेक अन्यत्र सवारीसाधन पार्किङ गरेमा सवारी साधनको प्रकारअनुसार फरक-फरक जरिबाना तोकिएको छ। मोटरसाइकल र स्कूटरजस्ता तीनपांग्रे सवारीलाई १ हजार रुपैयाँ, कार, जीप र डेलिभरी भ्यानजस्ता चारपांग्रे सवारीलाई २ हजार ५ सय रुपैयाँ, मिनीबस र मिनिट्रकलगायतका मझौला सवारीलाई ३ हजार ५ सय रुपैयाँ, र बस, ट्रकलगायतका ठूला सवारीलाई ५ हजार रुपैयाँ जरिबाना गरिनेछ।विज्ञापनसम्बन्धी नियममा पनि कडाइ गरिएको छ। प्रचलित कानुनले निषेध गरेको विज्ञापन गरेमा १० हजार रुपैयाँ जरिबाना गरिनेछ। त्यस्तै, बिना अनुमति सार्वजनिक स्थलबाट देखिने गरी होर्डिङ बोर्डमा विज्ञापन गरेमा १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना हुन सक्नेछ।

    सार्वजनिक स्थानमा फोहोर फैलाउने र अनाधिकृत प्रचार प्रसार गर्ने कार्यमा पनि महानगर कठोर भएको छ। पर्चा, पम्प्लेट, पोस्टर, स्टिकर सार्वजनिक स्थानमा टाँसेमा वा ब्रोसर तथा प्रचार सामग्री वितरण गरी फोहोर गरेमा ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिबाना तोकिएको छ। खम्बा वा पर्खालमा गरिएको पेन्टिङ वा लेखन कार्यका लागि प्रतिस्थान ५ हजारदेखि ५० हजार रुपैयाँसम्म, स्वीकृति नलिई बेलुन वा यस्तै प्रकारले विज्ञापन गरेमा ५ हजारदेखि ५० हजार रुपैयाँसम्म, र सार्वजनिक स्थलमा गेट तथा स्वागतद्वार निर्माण गरेमा ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिबाना गरिनेछ।यसका साथै, सार्वजनिक स्थल वा संरक्षित स्थानमा रहेका रुख, बिरुवामा क्षति पुर्‍याएमा ५ सयदेखि ५० हजार रुपैयाँसम्म जरिबाना तोकिएको छ। यी नयाँ नियमहरूले काठमाडौं शहरलाई थप व्यवस्थित र स्वच्छ बनाउन मद्दत पुग्ने महानगरको विश्वास छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend