images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनबाट सबैभन्दा बढी...

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनबाट सबैभन्दा बढी राजस्व संकलन

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनबाट सबैभन्दा बढी राजस्व संकलन

images
images
बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • काठमाडौं। (गुलरिया )पश्चिम तराईकै पर्यटकीय गन्तव्यको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट सबैभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

    images
    images

    वनपैदावार, काठ दाउरा बिक्री, गैरकाष्ठ वनपैदावार, दण्ड सजायलगायत अन्य शीर्षकमा राजस्व उठाउँदै आएको निकुञ्जले कूल राजस्व असुलीको आधा भन्दा बढी राजस्व पर्यापर्यटनबाट सङ्कलन गरेको हो ।

    बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा वन पैदावार बिक्रीबापत् रु एक करोड ३५ लाख ६८ हजार नौ सय २९, काठ दाउरा बिक्रीबाट रु आठ लाख ३५ हजार आठ सय ४७, गैरकाष्ठ वन पैदावारमार्फत रु एक करोड २७ लाख ३३ हजार ८२ सङ्कलन गरेको छ ।

    images
    images

    त्यस्तै दण्ड सजायबाट रु २८ लाख ५८ हजार एक सय २२ र अन्य शीर्षकबाट रु तीन लाख ७७ हजार पाँच सय ७० असुली गरेको छ । निकुञ्जले गत वर्ष पर्यापर्यटनबाट रु दुई करोड ८४ लाख चार हजार पाँच राजस्व सङ्कलन गरी कूल रु चार करोड ५२ लाख आठ हजार छ सय २६ सङ्कलन भएको संरक्षण अधिकृत वाग्लेले जानकारी दिए ।

    निकुञ्जमा वनसम्बन्धी विभिन्न १२ र वन्यजन्तुसम्बन्धी २४ गरी ३६ मुद्दा दर्ता भएकोमध्ये चार ओटा मुद्दा फैसला भएका छन् । बाँकी मुद्दा क्रमशः फैसला गरिँदै लगिने जनाइएको छ ।

    बर्दिया राष्ट्रिय निकुञ्जमा गतवर्ष स्वदेशी, विदेशी र सार्क मूलुकका गरी कूल २६ हजार एक सय ३१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । जसमध्ये नेपाली १८ हजार १०, विदेशी छ हजार छ सय ८४ र सार्क मुलुकका एक हजार चार सय ३७ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । बर्दियामा पर्यटकले हात्ती, बाघ, गैँडालगायतका वन्यजन्तु अवलोकन गर्न मन पराउने ठाकुरद्वाराका पर्यटन व्यवसायी गोविन्द अधिकारी बताउँछन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend