images

२०८३ आश्विन २४ गते

images
images
images
  • समाचार
  • दिगो विकासको लक्ष्य भेट्न नेपाललाई २५...

दिगो विकासको लक्ष्य भेट्न नेपाललाई २५ खर्ब आवश्यक :वित्त संवाद

दिगो विकासको लक्ष्य भेट्न नेपाललाई २५ खर्ब आवश्यक :वित्त संवाद

images
images
बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • काठमाडौं । निजी क्षेत्र, सरकार र विकास साझेदारहरूले मुलुकको विकासका लागि आवश्यक स्रोत जुटाउन थप सक्रियता आवश्यक रहेको बताएका छन् ।नेपाल सरकार अर्थ मन्त्रालय, संयुक्त राष्ट्र संघ र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रूपमा आयोजना गरेको विकासका लागि वित्त संवादमा नेपाल स्तरोन्नतिको संघारमा रहकाले थप लगानी आवश्यक रहेको बताएका हुन् ।

    images
    images

    दिगो विकास लक्ष्य हासिल गर्न अहिले वार्षिक करिब २५ खर्ब रुपैयाँ आवश्यक देखिएको छ । पछिल्लो समय अर्थतन्त्र चलायमान हुन नसक्दा राजस्वमा भएको संकुचनले विकासका लागि रकम अभाव हुने देखिएको छ ।कार्यक्रमका प्रमुख अतिथि उप प्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विकासोन्मुख मुलुकहरूमा राजश्वको ठुलो अंश ऋणको साँवा ब्याज भुक्तानीमा खर्च हुने गरेको र विकासका लागि लगानी अभाव हुने गरेको सन्दर्भ प्रस्तुत गरे ।

    उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइरहेको समयमा विकासका लागि वित्तीय स्रोतको पहिचान सहित आगामी यात्रा तय गर्न यो कार्यक्रम सरकार र संयुक्त राष्ट्र संघसंगको सहकार्यमा यो कार्यक्रम आयोजना गरिएको बताए ।प्रत्यक्ष वैदेशिक लगानी घट्दै गएको, राजश्वमा कमी आइरहेको, वैदेशिक अनुदान पनि घट्दै गइरहेको सन्दर्भमा विकासका लागि लगानी जुटाउन सबै तहबाट प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

    images
    images

    महासंघले स्वदेश र विदेशमा लगानी प्रवर्द्धनका विशेष कार्यक्रम आयोजना गरिरहेको भन्दै विदेशी लगानीलाई सहरीकरणका लागि सहायता कक्ष समेत स्थापना गरिएको बताए ।नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले सरकारले राजश्वका क्षेत्रमा सुधार गरी स्रोत बढाउनुपर्नेमा जोड दिए । नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्र पाण्डेले पूर्वाधारमा लगानी विस्तार गर्नुपर्ने बताए ।महिला उद्यमी महासंघ अध्यक्ष शोभा ज्ञवालीले वित्तीय साना मझौला उद्यमीलाई सहयोग उपलब्ध गराइ समावेशितामा जोड दिइन ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend