images

२०८३ आश्विन १६ गते

images
images
images

अण्डाको मूल्य हालसम्मकै उच्च,प्रतिक्रेट कति ?

अण्डाको मूल्य हालसम्मकै उच्च,प्रतिक्रेट कति ?

images
images
मंगलवार, श्रावण ६ २०८२
मंगलवार, श्रावण ६ २०८२
  • चितवन। नेपालमा अण्डाको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। उत्पादनमा आएको गिरावटसँगै मूल्य बढेको हो, जसले गर्दा किसानहरूले लामो समयपछि लागत मूल्य पाउन सकेका छन्।नेपाल लेयर्स कुखुरापालक संघले विभिन्न फार्महरूले सार्वजनिक गरेको दररेटलाई आधार मानी नयाँ समर्थन मूल्य तोकेको छ। आजबाट लागू हुने गरी ठूलो अण्डाको किसान दररेट प्रतिक्रेट (३० वटाको) ५२५ रुपैयाँ कायम गरिएको छ भने मध्यम अण्डाको ४९५ रुपैयाँ तोकिएको छ।

    images
    images

    संघका अध्यक्ष विनोद पोखरेलका अनुसार, चितवनलाई आधार मानी यो दररेट तय गरिएको हो। यहाँबाट देशका विभिन्न क्षेत्रमा अण्डा पुग्दा बजारको दररेटमा केही फरक पर्न सक्छ। बिक्री मूल्य प्रतिपेटी (सात क्रेट) को ठूलो अण्डाको ३ हजार ८५५ रुपैयाँ र मध्यमको ३ हजार ६४५ रुपैयाँ कायम गरिएको छ।अध्यक्ष पोखरेलका अनुसार, यसअघि गत वर्षको भदौमा ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५१० रुपैयाँ पुगेको थियो। "हालसम्मकै उच्च रेट अण्डाको कायम भएको छ," उनले भने। यससँगै किसानले लागत मूल्य पाएको उनको भनाइ छ। अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ।

    अण्डा उत्पादनमा संलग्न कुखुराको संख्या घटेर मागअनुसार आपूर्ति हुन नसक्दा मूल्य बढेको जनाइएको छ। साथै, बुढा कुखुरा बिक्री भई किसान विस्थापित हुँदा नयाँ चल्ला हाल्न नसकिएकाले पनि उत्पादनमा असर परेको पोखरेलले बताए।"अहिलेको अवस्थालाई हेर्दा अण्डाको मूल्य क्रमशः बढ्ने देखिन्छ," उनले भने। मूल्य बढ्दा किसान उत्साहित भएका छन्। एकिन तथ्यांक नभए पनि हाल दैनिक २८–३० लाख गोटा अण्डा उत्पादन भइरहेको अनुमान छ, जुन पहिलाको तुलनामा झन्डै आधा कम हो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend