images

२०८३ आश्विन १९ गते

images
images
images

बरुण बेभरेजको नाफा ५ वर्षकै उच्च, साढे ८ महिनामा पौने ६ अर्ब रुपैयाँको व्यापार

बरुण बेभरेजको नाफा ५ वर्षकै उच्च, साढे ८ महिनामा पौने ६ अर्ब रुपैयाँको व्यापार

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौं । नेपाली बजारमा पेप्सी, मिरिन्डा, माउन्टेन ड्युलगायत सफ्ट ड्रिंक्स उत्पादन तथा बिक्री गर्ने बरुण बेभरेज वेभरेजले गत आर्थिक वर्षको साढे ८ महिनामा पौने ६ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चैत १५ गतेसम्म ५ अर्ब ७८ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।

    images
    images

    कम्पनीले सन् २०२४ मा ७ अर्ब ७४ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ७ अर्ब ६२ करोड ७० लाख रुपैयाँ, सन् २०२२ मा ८ अर्ब २ करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा ६ अर्ब ५४ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । यस आधारमा कम्पनीको गत आवको व्यापार पछिल्लो ४ वर्षको औसतभन्दा केही बढी रहेको देखिन्छ ।व्यापारमा वृद्धि हुँदा प्रोफिट मार्जिनमा भने व्यापक सुधार आएको छ । साढे ८ महिनामा कम्पनीको सञ्चालन नाफा आम्दानीको २८.४ प्रतिशत छ । जुन गत आवको २५.५ प्रतिशतभन्दा बढी हो ।

    कम्पनीको कार्बोनेटेड सफ्ट ड्रिन्क क्षेत्रमा उल्लेख्य बजार हिस्सा रहेको छ । पेय पदार्थमा गत वर्ष ३९ प्रतिशत बजार हिस्सा ओगटेको बरुणको यो वर्ष ४५–४६ प्रतिशत रहेको बताइएको छ ।बजार हिस्सा बढ्दा बरुणको व्यापारले निरन्तरता पाउँदा नाफापनमा केही सुधार आएको हो । बरुण बेभरेजले क्षमताको ४८ प्रतिशतमात्र कर्जा लिएको छ । कर्जामा कम निर्भरताले पनि कम्पनीको नाफा निकै बढेको छ । तथ्यांकअनुसार बरुणले प्रोफिट मार्जिनको एकतिहाइमात्र कर्जा लिएको छ ।यता कम्पनीलाई सामाग्री भण्डारण र उधारो तिर्नुपर्ने समयमा कमी आउँदा चालुपुँजी चक्र बढेर केही दबाब थपिएको छ । साथै माउन्टेन ड्युमा अत्यधिक निर्भरताले पनि कम्पनीलाई चुनौती थपिएको छ । पेप्सीको उत्पादक भनेर चिनिने बरुण बेभरेजको ८५ प्रतिशत उत्पादन माउन्टेन ड्यु हुने गरेको छ । तसर्थ, अब बरुण बेभरेजलाई पेप्सी उत्पादक नभएर माउन्टेन ड्यु उत्पादक कम्पनी भन्नुपर्ने बेला भएको छ । नेपाली बजारमा पेप्सी कम लोकप्रिय छ, माउन्टेन ड्यु भन्ने अत्यधिक रुचाइन्छ । नेपाली बजारमा माउन्टेन ड्युको नजिकको प्रतिस्पर्धी छैन ।

    images
    images

    पेप्सी विश्वमा निकै नै प्रख्यात छ । यसको विश्वभर सञ्जाल छन् । नेपालमा पनि सन् १९८५ यता गौरवशाली ब्रान्ड इतिहास बोकेको छ भने डिलर सञ्जाल पनि निकै ठूलो छ । नेपालमा ९८ प्रतिशत उठ्न बाँकी उधारोका लागि बैंक ग्यारेन्टी रहेकाले पेप्सीको आधिकारिक बोट्लर बरुणलाई जोखिम छैन ।साथै व्यवसाय विस्तारका लागि आवश्यक परे करिब ६५ करोड रुपैयाँ कर्जा लिन सक्ने देखिन्छ ।सन् १९८५ मा पेप्सीको ब्रान्डको पेय पदार्थ उत्पादन गर्न आधिकारिक इजाजत पाएको कम्पनीले पेप्सी, माउन्टेन ड्यु, स्लाइस, मिरिन्डा, सेभेन अप, अक्वाफिना, सोडा, स्टिङ उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । बरुण बेभरेज नेपालमा भारतीय कम्पनी बरुण बेभरेज इन्डियाको सतप्रतिशत लगानी छ । काठमाडौंको पेप्सीकोलामा उत्पादन प्लान्ट रहेको बरुणले २ वर्ष अघि नवलपरासीमा पनि उत्पादन प्लान्ट लगाएको छ ।कम्पनीले अल्पकालीन कर्जाका लागि ३ अर्ब ४७ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले करिब ७० करोड रुपैयाँ चालुपुँजी कर्जा लिएको छ भने अझै ६५ करोड रुपैयाँ बराबरको कर्जा लिन क्षमता रहेको छ । बरुणले दीर्घकालीन कुनै कर्जा लिएको छैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend