images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • अर्घाखाँचीमा बाँदर र बँदेल हेर्न...

अर्घाखाँचीमा बाँदर र बँदेल हेर्न २० जनालाई रोजगारी

अर्घाखाँचीमा बाँदर र बँदेल हेर्न २० जनालाई रोजगारी

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौं । अर्घाखाँचीमा बाँदर र बँदेल हेर्न २० जनाले रोजगारी पाएका छन् ।डिभिजन वन कार्यालय अर्घाखाँचीले आइतबार बाँदर तथा बँदेल हेरालु छनोट गरी नाम सार्वजनिक गरेको छ । जसमा २० जनाको नाम निस्किएको छ । उनीहरूलाई सम्झौता तथा अभिमुखीकरणका लागि सोमबार बोलाइएको छ ।

    images
    images

    वन्यजन्तुजन्य क्षति न्यूनीकरण, किसानको खेती सुरक्षित गर्ने तथा वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता हेरालु छनोट गरिएको कार्यालयले जनाएको छ ।

    डिभिजन वन कार्यालय र कार्यालय अन्तर्गतका वन व्यवस्थापन काममा सक्रिय समूह कोषमा मौज्दात आय राम्रो रहेका सामुदायिक वन समूहहरूको सहकार्यमा यी हेरालु राख्ने निर्णय गरिएको जनाइएको छ । तोकिएको समयमा अभिमुखीकरणमा नगए सम्झौता नहुने कार्यालयले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend