images

२०८३ आश्विन १९ गते

images
images
images

होटल र्‍याडिसनले साढे ८ महिनामा गर्‍यो पौने ७६ करोड रुपैयाँको व्यापार

होटल र्‍याडिसनले साढे ८ महिनामा गर्‍यो पौने ७६ करोड रुपैयाँको व्यापार

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौं । काठमाडौंको लाजिम्पाटमा रहेको होटल र्‍याडिसनले चालु आर्थिक वर्षको साढे ८ महिनामा पौने ७६ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आवको साढे ८ महिनामा ७५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।होरियन्टल होटलले व्यवस्थापन गर्दै आएको पाँचतारे होटल र्‍याडिसनले गत आर्थिक वर्षमा १ अर्ब १९ करोड रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२३ मा १ अर्ब ११ करोड र सन् २०२२ मा ५९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

    images
    images

    सन् १९९९ मा पब्लिक कम्पनीमा परिणत गरेको होटलले २ सय ६० कोठाको सुविधासहित सेवा दिँदै आएको छ । १.६ हेक्टर क्षेत्रफलमा फैलिएको कम्पनीले होटलसँगै हालै मात्रै ३० वटा अपार्टमेन्टको व्यवासायिक कारोबार सुरु गरेको छ । कम्पनीले सन् २०२५ को अप्रिलबाट अपार्टमेन्टको व्यवसायिक कारोबार सुरु गरेको हो । यसले कम्पनीको आम्दानी क्षमता बढाउने विश्वास कम्पनीको छ ।

    र्‍याडिसन ग्रुप अफ होटलको फ्रेन्चाइज भित्र्याएको होटलको सयर बजारमा कारोबार भइरहेको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ८० करोड ६० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५५ करोड ४० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २५ करोड २० लाख रुपैयाँको रेटिङ गराएको छ ।नेपालमा पाँचतारे होटलको उच्च प्रतिस्पर्धा छ । कम्पनीकाअनुसार सन् २०२५ मा अकुपेन्सी ४३ प्रतिशतबाट घटेर ३६ प्रतिशत कायम भएको छ । कम्पनीले २ सय ६० वटा कोठामध्ये ४० वटाको सन् २०२३ मा रिनोभेसन गरेको थियो ।कम्पनीले ६० वटा कोठाको सन् २०२६ सम्ममा रिनोभेसन गर्ने योजना बनाएको छ । कम्पनीले चरणबद्धरुपमा कोठाको रिनोभेसन गर्ने योजना बनाएको छ । उक्त रिनोभेसनका लागि कम्पनीले कर्जा लिएको उल्लेख गरेको छ ।

    images
    images

    ९७ प्रतिशत बक्यौता ६ महिनाभन्दा पुरानो रहेकाले नगद प्रवाहमा दबा सिर्जना भएको होटलले जनाएको छ।सिंगापुरको र्‍याडिसन होटल इन्टरनेसनलसँग फ्रेन्चाइजको लागि सम्झौता गरेको कम्पनीमा विके श्रेष्ठ परिवारको स्वामित्व छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend