images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • गुराँस लघुवित्तको खुद नाफा ९० प्रतिशतले...

गुराँस लघुवित्तको खुद नाफा ९० प्रतिशतले वृद्धि, यस्ता छन् अरु सूचक

गुराँस लघुवित्तको खुद नाफा ९० प्रतिशतले वृद्धि, यस्ता छन् अरु सूचक

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको करिब ९० प्रतिशतले वृद्धि भएको छ। लघुवित्तले प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार एक वर्षमा संस्थाले ३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आवको असार मसान्तसम्म कम्पनीले २ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यससँगै कम्पनीको खुद ब्याज आम्दानी पनि ८ करोड २८ लाख रुपैयाँबाट ५९.७४ प्रतिशतले वृद्धि भएर १३ करोड २४ लाख रुपैयाँ पुगेको छ। यता कुल सञ्चालन आम्दानी ११ करोड १६ लाख रुपैयाँबाट ४२.१६ प्रतिशतले बढेर १५ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

    images
    images

    कम्पनीको सञ्चालन नाफा गत वर्ष ३ करोड २१ लाख रुपैयाँ मात्रै रहेकोमा यस वर्ष ८७.८५ प्रतिशतले बढेर ६ करोड ३ लाख रुपैयाँ पुगको छ। चुक्ता पूँजी ११ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६ करोड ५७ लाख रुपैयाँ सञ्चिति रहेको छ।कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ सापटी लिएर १ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ४५ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

    खराब कर्जा २.९१ प्रतिशत रहेको स कम्पनीको आधार दर १२.६७ प्रतिशत, प्रतिसेयर आम्दानी ३४.१७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५६.७९ रुपैयाँ रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend