images

२०८३ आश्विन १६ गते

images
images
images

हिमालयन बैंकको एफपीओ भरेकामध्ये आधाले पाउने

हिमालयन बैंकको एफपीओ भरेकामध्ये आधाले पाउने

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  •  काठमाडौं । हिमालयन बैंकको एफपीओ भरेकामध्ये करिब आधा संख्याले पाउने भएका छन् । बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गरेको थियो ।धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार १० कित्ताका दरले एफपीओ बाँडफाँट हुनेछ । जसअनुसार ९ लाख २५ हजार ४६ जनाले सेयर पाउने छन् । यीमध्ये ९ जनाले ११ कित्ताका दरले र बाँकीले १० कित्ताका दरले पाउने छन् ।

    images
    images

    अनलाइन प्रणाली मेरोसेयरमार्फत आइतबार साँझ ५ बजेसम्म एफपीओ १७ लाख ८६ हजार ७८२ आवेदकले भरेका छन् । एफपीओमा आवेदन बन्द भइसकेको छ ।सीआस्बा सदस्य बैंकबाट भरेका केही आवेदन थप हुने भएकाले यो संख्या केही बढ्न जानेछ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार आवेदकबाट कुल ४ करोड ९ लाख ६६ हजार ५ सय कित्ता माग भएको छ ।बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्तले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नैपर्ने व्यवस्था छ ।

    हाल सर्वसाधारण समूहमा यस बैंकको सेयर हिस्सा जम्मा २७ प्रतिशत छ । यहीं हिस्सा बढाउन बैंकले एफपीओ निष्कासन गरेको हो । अंकित मूल्य १ सयमा ५७ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले बैंकले एफपीओ जारी गरेको छ ।एफपीओका लागि गराएको रेटिङमा केयर रेटिङ बीबीबी प्रदान गरेको छ । आइतबार बजार बन्द हुँदा यस बैंकको सेयर मूल्य प्रतिकित्ता २४४ रुपैयाँ छ । हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ ।आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८ पैसा छ । प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ४४ पैसा छ । बैंक ७ अर्ब ३६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend