images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • यस्तो छ आज कालीमाटीमा फलफूल तथा...

यस्तो छ आज कालीमाटीमा फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आज कालीमाटीमा फलफूल तथा तरकारीको थोक मूल्य

images
images
सोमवार, श्रावण ५ २०८२
सोमवार, श्रावण ५ २०८२
  • काठमाडौँ।  कालिमाटी तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि तरकारी तथा फलफूलहरूको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

    images
    images

    कालिमाटीमा आज गोलभेँडा, प्याज, बोडी, भन्टा, घिरौँलासहितका तरकारीको मूल्य घटेको छ। तर, भिन्डी, परबलसहितका कतिपय तरकारी भने महँगिएका छन्। कालिमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६०, सानो लोकल गोलभेँडा २९, रातो आलु ४४, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ९५, लोकल बन्दा ३१, स्थानीय काउली ६५, हाइब्रिड सेतो मुला २५, लाम्चो भन्टा १५, डल्ले भन्टा ३५, तने बोडी २०, मकै बोडी ५५ रुपैयाँ प्रतिकिलो छ।

    त्यसैगरि करेला १५, लौका १८, तराईको परबल ३५, घिरौँला २७, झिँगुनी ४५, हरियो फर्सी डल्लो ३१, पाकेको फर्सी ४५, भिन्डी ३५, कन्य च्याउ १३५, डल्ले च्याउ ३२५, ब्रोकाउली ८० रुपैयाँ प्रतिकिलो छ।कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २३, टनेलको गोलभेँडा ३०, रातो आलु ४४, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर ९५, बन्दा २९, स्थानीय काउली ६०, हाइब्रिड सेतो मुला २६, लाम्चो भन्टा २१, डल्ले भान्टा ३७, तने बोडी २३, मकै बोडी ५५ रुपैयाँ प्रतिकिलो थियो।

    images
    images

    त्यसैगरि करेला १५, लौका २०, तराईको परबल ३०, घिरौँला ३१, झिँगुनी ४३, हरियो फर्सी डल्लो ३५, पाकेको फर्सी ४५, भिन्डी २८, कन्य च्याउ ४५, डल्ले च्याउ ३४०, ब्रोकाउली ७० रुपैयाँ प्रतिकिलो थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend