images

२०८३ आश्विन १९ गते

images
images
images

२०८१/८२ मा सिने जगत: २७० करोडको कारोबार, ‘पूर्णबहादुरको सारंगी’ इतिहासकै बढी कमाउने चलचित्र

२०८१/८२ मा सिने जगत: २७० करोडको कारोबार, ‘पूर्णबहादुरको सारंगी’ इतिहासकै बढी कमाउने चलचित्र

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • काठमाडौं । आर्थिक वर्ष २०८१/८२ नेपाली चलचित्र उद्योगका लागि ऐतिहासिक वर्ष बनेको छ । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार गत वर्ष नेपाली चलचित्रले १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी व्यापार गरेका छन् । वर्षभरिमा कुल ६२ वटा नेपाली चलचित्र प्रदर्शनमा आएका थिए ।

    images
    images

    यसैगरी ८३ वटा हिन्दी चलचित्रले ९० करोडको व्यापार गरेका छन् । पछिल्ला वर्षमा यति धेरै व्यापार भएको थिएन ।गत आवमै प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारंगी’ इतिहासकै बढी कमाउने चलचित्र बनेको छ । सो चलचित्रले ४६ करोड ८० लाख रुपैयाँ ग्रस आम्दानी गरेको हो । पूर्णबहादुरको सारंगी १७ लाख जनाले हेरेको बक्स अफिसको तथ्यांक छ, जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

    २०८१/८२ मा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रहरूः

    images
    images

    १) पूर्णबहादुरको सारंगी : ४६ करोड ८० लाख रुपैयाँ
    २) १२ गाउँ : १९ करोड ९२ लाख रुपैयाँ
    ३) छक्कापञ्जा ५ : १५ करोड २० लाख रुपैयाँ
    ४) बोक्सीको घर : १० करोड २ लाख रुपैयाँ
    ५) अञ्जिला : ७ करोड ५० लाख रुपैयाँ
    ६) पूजार सार्की : ७ करोड ३७ लाख रुपैयाँ
    ७) घरज्वाइँ : ५ करोड ९ लाख रुपैयाँ
    ८) फर्की फर्की : ४ करोड ८४ लाख रुपैयाँ
    ९) मनसरा : ४ करोड ७८ लाख रुपैयाँ
    १०) लाज शरणम् : ४ करोड ३४ लाख रुपैयाँ
    ११) ह्रस्व दीर्घ : ४ करोड ३३ लाख रुपैयाँ
    १२) गाउँ आएको बाटो : ४ करोड १९ लाख

    १२ वटा चलचित्रले नै १ अर्ब ३४ करोड रुपैयाँ (७४.४४ प्रतिशत )को व्यापार गरेका हुन् । १० करोड क्लबमै चारवटा चलचित्र परे । यसले पनि गत आव चलचित्रका लागि खुसीको वर्ष रहेको स्पष्ट हुन्छ ।चलचित्र व्यवसायीका अनुसार काठमाडौं, पोखरा, चितवन, इटहरी लगायतका प्रमुख सहरमा मल्टिप्लेक्स विस्तारसँगै दर्शकको आकर्षण र व्यवसायमा तीव्र वृद्धि देखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend