images

२०८३ आश्विन १९ गते

images
images
images

कोकाकोलाको व्यापारमा गिरावट, ९ महिनामा १२ अर्बको व्यापार

कोकाकोलाको व्यापारमा गिरावट, ९ महिनामा १२ अर्बको व्यापार

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • काठमाडौं । कोकाकोला, फ्यान्टा, स्प्राइट र किनले ब्रान्डको पेयपदार्थ बिक्री गर्ने कम्पनी बोटलर्स नेपालले चालु आर्थिक वर्षको ९ महिनामा १२ अर्ब रूपैयाँको व्यापार गरेको ।कोकाकोलासहित अन्य विभिन्न प्रकारका पेय पदार्थ बेच्ने बोटलर्स नेपाल लिमिटेड र सहायक कम्पनी बोटलर्स नेपाल तराई कम्पनीले चालु आवको ९ महिनाको अवधिमा १२ अर्ब ६ करोड ७० लाख रूपैयाँको व्यापार गरेको हो ।

    images
    images

    बोटलर्स नेपाल लिमिटेडले चालु आवको ९ महिनाको अवधिमा ७ अर्ब १० करोड रूपैयाँ र सहायक कम्पनी बोटलर्स नेपाल तराई कम्पनीले सोही अवधिमा ४ अर्ब ९६ करोड ७० लाख रूपैयाँको व्यापार गरेको छ ।बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी बोटलर्स नेपाल तराई कम्पनी कोकाकोलाको नेपालको लागि आधिकारिक बिक्रेता हो ।बोटलर्स कम्पनीले साउथवेस्ट एसिया होल्डिङ लिमिटेडसँग सहकार्य गरेर नेपालमा सन् १९७९ देखि बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा ७६ प्रतिशत हिस्सा बोटलर्स नेपालको छ भने गोर्खा ब्रुअरी लिमिटेडको २२ प्रतिशत छ । बाँकी हिस्सा सर्वसाधारणको छ ।

    त्यस्तै, दुईवटा कम्पनीले अल्पकालीन कर्जाका लागि ७ अर्ब २७ करोड ३० लाख रुपैयाँको रेटिङ गराएका छन् ।बोटलर्स नेपाल कम्पनीले सन् २०२२ मा १२ अर्ब ५२ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै कम्पनीले सन् २०२३ मा १२ अर्ब ६४ करोड १० लाख रुपैयाँ र सन् २०२४ मा ११ अर्ब ३७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।कम्पनीले अल्पकालीन कर्जाका लागि ३ अर्ब ३७ करोड ३० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको आम्दानीमा समेत गिरावट आएको छ । सन् २०२३ को तुलनामा २०२४ मा मा कम्पनीको आम्दानी झण्डै १० प्रतिशतले घटेको छ । निर्यात बन्द हुनु र मूल्य प्रतिस्पर्धाका कारण बिक्री परिमाण घटेको कम्पनीले जनाएको छ । बजार हिस्सा पनि घटेर चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ५४ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ६१ प्रतिशत रहेको उल्लेख गरिएको छ।

    images
    images

    त्यसैगरी, सन् १९८७ मा स्थापना भएको बोटलर्स नेपाल (तराई)ले सन् २०२२ मा ९ अर्ब १९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२३ मा ९ अर्ब ४० करोड १० लाख रुपैयाँ र सन् २०२४ मा ८ अर्ब ८० करोड ३० लाख रुपैयाँ व्यापार गरेको थियो ।कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा ४ प्रतिशतले घटेको छ भने चालु आवको ९ महिनाको अवधिमा १५ प्रतिशतले व्यापार घटेको छ । व्यापार घट्नुमा कम मात्रामा बिक्री भएको कम्पनीले उल्लेख गरेको छ ।

    बोटलर्स नेपाल (तराई) ले पेय पदार्थ उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीको देशभर ठूलो बजार छ । बोटलर्स (तराई) को ९१ प्रतिशत सेयर सर्वसाधारणमा छ । कम्पननीको बजार हिस्सा ३८ प्रतिशत छ ।कम्पनीले अल्पकालीन कर्जाका लागि २ अर्ब ३९ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको देशभर २५० डिलर छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend