images

२०८३ आश्विन १९ गते

images
images
images
  • अर्थतन्त्र
  • आन्तरिक राजस्व कार्यालय वीरगंजद्वारा गत आवमा...

आन्तरिक राजस्व कार्यालय वीरगंजद्वारा गत आवमा नौ अर्ब ४१ करोड राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय वीरगंजद्वारा गत आवमा नौ अर्ब ४१ करोड राजस्व संकलन

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • काठमाडौं। आन्तरिक राजस्व कार्यालय वीरगंजले गत आर्थिक वर्षमा रु नौ अर्ब ४५ करोड ९५ लाख सात हजार राजस्व संकलन गरेको छ । कार्यालयले आव २०८०/८१ को तुलनामा गत आर्थिक वर्षमा रु दुई अर्ब ५८ करोड बढी राजस्व संकलन गरेको हो ।कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईँले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा राजस्व संकलनको वृद्धिदर भने ३५ दशमलव ५७ प्रतिशत रहेको बताए ।

    images
    images

    “आन्तरिक राजस्व विभागले गत आवमा कार्यालयलाई रु आठ अर्ब ७१ करोड ८२ लाख राजस्व  संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो”, उनले भने, “कार्यालयले गत आवभरिमा वार्षिक लक्ष्यको एक सय नौ प्रतिशत लक्ष्य हासिल गरेको छ । कार्यालयले विभागबाट निर्धारित कार्यात्मक सूचकका आधारमा ‘एक प्लस’ स्तर प्राप्त गर्न सकेका छौँ ।”विभागले आव २०८०/८१ का लागि भने रु नौ अर्ब ४१ करोड ९७ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, सो अवधिमा कार्यालयले वार्षिक लक्ष्यको ७२ दशमलव ९३ अर्थात् रु छ अर्ब ८७ करोड राजस्व संकलन गरेको थियो ।

    प्रमुख कर अधिकृत चौलागाईँले कार्यालयले बक्यौता रकम असुलीमा कडाइ गरेकाले पनि लक्ष्यभन्दा धेरै राजस्व संकलन गर्न सफल भएको बताए । “चैत महिनामै राजस्व नबुझाउने करदाताको बैंक खाता, घरजग्गा, आयात–निर्यात रोक्का गरियो । जसबाट राजस्व संकलनको लक्ष्य पुग्नमा धेरै मद्दत पुग्यो”, उनले भने, “कार्यालयले सघन बजार अनुगमनको दायरा विस्तार र करदाता शिक्षालगायत चेतनामूलक कार्यक्रमले पनि राजस्व बढ्न सकेको हो ।”

    images
    images

    कार्यालयले गत आवमा अन्तःशुल्क करतर्फ रु तीन अर्ब नौ करोड ५७ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकामा सो शीर्षकमा रु चार अर्ब १३ करोड ७३ लाख राजस्व संकलन गरेको छ । त्यस्तै कार्यालयले गत आवभरिमा आयकरतर्फ रु दुई अर्ब ८९ करोड ९९ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकामा सो शीर्षकमा रु तीन अर्ब १० करोड १५ लाख राजस्व संकलन गरेको छ ।कार्यालयले गत आवमा मूल्य अभिवृद्धि करतर्फ भने रु दुई अर्ब ५८ करोड ८७ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकामा सो शीर्षकमा रु दुई अर्ब १२ करोड ९१ लाख राजस्व संकलन गरेको छ । प्रमुख कर अधिकृत चौलागाईँले मूल्य अभिवृद्धि कर लक्ष्यअनुसार संकलन नहुनुमा यहाँका १५ वटा करदाताको कारोबारको सीमा नाघेर ठुला करदाता कार्यालय र मध्यम स्तरीय करदाता कार्यालयमा गएकाले पनि सो लक्ष्य प्राप्त हुन नसकेको बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend