images

२०८३ आश्विन १६ गते

images
images
images

अत्यावश्यकबाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको अनुरोध

अत्यावश्यकबाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको अनुरोध

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले विभिन्न ११  विधाका पुरस्कार घोषणा गरेको छ ।शनिबार बसेको बोर्ड अफ ट्रष्टी र केन्द्रीय समितिको संयुक्त बैठकमा पुरस्कार छनोट समितिका संयोजक तीर्थराज पाण्डेयले पुरस्कृत व्यक्तित्व घोषणा गर्नुभएको थियो । कुल ११ हजार ६०० डलर राशिको ती पुरस्कारमा दुई हजार १०० डलर राशिको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ नामक उपन्यासले प्राप्त गरेको छ ।

    images
    images

    त्यसैगरी अनेसास नन्दादेवी सर्वोत्कृष्ट लोकसाहित्य पुरस्कार रुकुमका लोककथाका लेखक शशिराम कार्कीले प्राप्त गर्नुभएको छ ।त्यस्तै एक हजार डलर राशिको विभिन्न विधाका पुरस्कारहरू प्रदान गरिने भएको छ । यसअनुसार अनेसास होमनाथ सुवेदी डायस्पोरा वाङ्मय पुरस्कार डा तुलसी आचार्यको ‘स्वप्न भूमि’ उपन्यास, अनेसास सर्वोत्कृष्ट तीर्थ पाण्डे निबन्ध नियात्रा, संस्मरण पुरस्कार मोमिलाको निबन्ध सङ्ग्रह ‘प्रश्नहरू त बाँकी नै छन्’लाई प्रदान गरिने भएको छ । 

    यसैगरी सांस्कृतिक अध्ययन विधाको अनेसास सीता शर्मा संस्कृति तथा दर्शन पुरस्कार डा दुर्गाबहादुर घर्तीको सांस्कृतिक अध्ययनलाई, अनेसास राष्ट्रकवि काव्य पुरस्कार (डायस्पोरा)  जगन्नाथ पौडेलको ‘बग्दा बग्दै’ कविता सङ्ग्रहलाई, अनेसास राष्ट्रकवि काव्य पुरस्कार कृसु क्षेत्रीको कविता सङ्ग्रह पसिनाको क्यानभासलाई प्रदान गरिने जनाइएको छ । 

    images
    images

    अनेसास पदम विश्वकर्मा उत्कृष्ट कथा पुरस्कार कृष्ण कुसुमको कथा सङ्ग्रह पाश्र्वधुनलाई, अनेसास नारायण पाण्डे उत्कृष्ट कथा पुरस्कार अखण्ड भण्डारीको उपन्यास बोरालाई, अनेसास लक्ष्मण सत्याल गीतगजल पुरस्कार लक्ष्मण सिटौलाको गीत सङ्ग्रह धर्तीका ध्वनिलाई र अनेसास शिव लामिछाने गीत बाल साहित्य पुरस्कार बाल साहित्य यात्रामा देशकी लेखिका विमला निरौलालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

    विभिन्न सत्तरी देशमा छरिएर रहेका अनेसासका च्याप्टरमार्फत पुस्तक सङ्कलन गरेर दर्जनौँ पुस्तकहरू  छनोट गरिएको संयोजक पाण्डेले बताउनुभयो । हाल घोषणा गरिएको पुरस्कार आगामी लक्ष्मी जयन्तीमा प्रदान गरिने पाण्डेयले जानकारी दिनुभयो ।यसैबीच अनेसासले आफ्नो वार्षिक साधारणसभा तथा भानु जयन्ती पनि मनाएको छ । शनिबार आयोजित साधारणसभामा विओटीका महासचिव प्रकाश नेपाल, केन्द्रीय कार्यसमितिका महासचिव राजु सिटौला, विओटीका कोषाध्यक्ष नेत्रवन्धु पोख्रेलले पेस गर्नुभएको प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रममा अध्यक्ष सर्वज्ञ वाग्ले, विओटीका अध्यक्ष पदम विश्वकर्मा, पूर्वअध्यक्ष गोवद्र्धन पूजा, पूर्व विओटीका अध्यक्ष डा श्याम कार्की, रोहिणी शर्मा, तीर्थराज अधिकारी, गीता खत्रीलगायतले मन्तव्य राख्नुभएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend