images

२०८३ आश्विन १९ गते

images
images
images
  • अर्थतन्त्र
  • चचन ग्रुपको नारायणी मोडर्न पल्सेस इन्डष्ट्रिजको...

चचन ग्रुपको नारायणी मोडर्न पल्सेस इन्डष्ट्रिजको व्यापार ४.७५ प्रतिशतले बढ्यो

चचन ग्रुपको नारायणी मोडर्न पल्सेस इन्डष्ट्रिजको व्यापार ४.७५ प्रतिशतले बढ्यो

images
images
आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • काठमाडौं । नारायणी मोडर्न पल्सेस इन्डष्ट्रिजको व्यापार गत आर्थिक वर्ष ४.७५ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा ४.७५ प्रतिशतले बढेको हो ।कम्पनीले सन् २०२३ मा २ अर्ब ६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२४ मा २ अर्ब १६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै कम्पनीले सन् २०२२ मा २ अर्ब १७ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

    images
    images

    त्यसैगरी कम्पनीले चालु आवको ११ महिनाको अवधिमा १ अर्ब ९० करोड रुपैयाँको व्यापार गरेको जनाएको छ । कम्पनीअनुसार सन् २०२४ मा व्यापार रिबाउन्ड भएको उल्लेख गरेको छ ।सन् १९९४ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका दाल आयात गरी प्रशोधन गर्दै बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले वार्षिक ५० हजार मेट्रिक टन दाल प्रशोधन गरी व्यापार गर्ने क्षमता रहेको जनाएको छ । कम्पनीले मसुर दाल, पहेलो दाल, हरियो मुङ दाल आयात गरी प्रशोधन गर्दै आएको छ ।

    कम्पनीको काठमाडौं, पोखरा, इटहरी, भैरहवा, नेपालगञ्ज र जनकपुरमा डिपो छन् । चचन ग्रुपको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ८३ करोड ५५ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १६ करोड ५४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ६७ करोड १ लाख रुपैयाँको रेटिङ गराएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend