images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • प्रभु हेलिकप्टर १० औं वर्षमा, आईपीओ...

प्रभु हेलिकप्टर १० औं वर्षमा, आईपीओ निष्कासन गर्ने तयारी

प्रभु हेलिकप्टर १० औं वर्षमा, आईपीओ निष्कासन गर्ने तयारी

images
images
शुक्रवार, श्रावण २ २०८२
शुक्रवार, श्रावण २ २०८२
  • प्रभु हेलिकप्टर लिमिटेडले आफ्नो स्थापनाको १० औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा कम्पनीले सर्वसाधारणका लागि आइपीओ ल्याउने तयारी थालेको छ। कम्पनीले आईपीओ व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिसकेको छ।१० औं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। सुरुमा मुक्तिनाथ हेलिकप्टर को नाममा सञ्चालनमा आएको कम्पनीलाई प्रभु ग्रुपले २०७२ सालमा सम्पूर्ण सेयर खरिद गरी प्रभु हेलिकप्टर को नामबाट सञ्चालनमा ल्याएको थियो।

    images
    images

    कम्पनीले नेपालको चुनौतीपूर्ण भौगोलिक अवस्थालाई मध्यनजर गर्दै पर्यटन उडान, आकस्मिक उद्धार, सामग्री ढुवानी लगायतका क्षेत्रमा सेवा दिँदै आएको छ। सुरुमा एउटा रोबिन्सन हेलिकप्टर बाट सेवा आरम्भ गरेको प्रभुले अहिले दुईवटा एयरबस एच १२५ मार्फत उडान सेवा प्रदान गरिरहेको छ। वर्तमानमा कम्पनीले पोखरा, काठमाडौं र लाङटाङ बाट हेलिकप्टर टुर तथा साइटसिइङ सेवा सञ्चालन गरिरहेको छ। मुक्तिनाथ, गोसाइकुण्ड, कालीञ्चोक, लुम्बिनी, सगरमाथा, अन्नपूर्ण र माछापुच्छ्रे आधार शिविरसम्मका यात्रु र उद्धार उडानसमेत प्रभु हेलिकप्टरमार्फत उपलब्ध छन्।

    सुरुवाती रूपमा कम्पनी ऐन, २०६३ अन्तर्गत निजी लिमिटेड कम्पनीको रूपमा दर्ता भएको प्रभु हेलिकप्टर २०७९ साल असार ३० गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीसँग पोखरामा आफ्नै ह्याङगर सुविधा छ भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जारी गरिएको एयर अपरेटर सर्टिफिकेट (एओसी) नम्बर ०८१र२१३‑१ अन्तर्गत सञ्चालनमा छ।कम्पनीले आगामी दिनमा सेयरमार्फत आम नागरिकको साझेदारी सुनिश्चित गर्दै व्यवसाय विस्तार गर्ने योजना बनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend