images

२०८३ आश्विन २६ गते

images
images
images

स्टक डिलरले आईपीओ जारी गर्न पाउने

स्टक डिलरले आईपीओ जारी गर्न पाउने

images
images
बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • काठमाडौं । अब पनि स्टक डिलरले आईपीओ निष्कासन ल्याउन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) छैटौँ संशोधन नियमावली, २०८२ लागू गर्दै यस्तो व्यवस्था गरेको हो । 

    images
    images

    हाल बजारमा दुई वटा स्टक डिलर कम्पनी रहेका छन् । नागरिक लगानी कोषको नागरिक स्टक डिलर र नबिल इन्भेष्टमेन्टको नबिल स्टक डिलर अहिले सञ्चालनमा रहेका छन् । दोस्रो बजारको अस्वाभाविक उतारचढाव रोक्ने उद्देश्यले स्थापना भएका यस्ता कम्पनीहरु आफैँले आईपीओ निष्कासन गर्न पाउने व्यवस्था गरिएको छ । 

    संशोधित नियमावलीमा शेयर ब्रोकर कम्पनीले पुँजी पुर्‍याउने ९ महिना थप गरेको छ । असार मसान्तसम्म पुँजी पुर्‍याउनुपर्ने व्यवस्था रहेकोमा यसलाई थप गरी चैत मसान्तसम्म पुर्‍याइएको संशोधनमा उल्लेख गरीएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend