images

२०८३ आश्विन २० गते

images
images
images

डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर्न स्वास्थ्यमन्त्रीको चेतावनी

डेंगी परीक्षणको नाममा लुट्ने काम बन्द गर्न स्वास्थ्यमन्त्रीको चेतावनी

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  •  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले श्रावण महिनालाई ‘डेंगी सचेतना महिना’ को रूपमा मनाउने राष्ट्रिय अभियानको घोषणा गरेका छन् । बुधबार आयोजित औपचारिक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी रोगको संक्रमण साउन महिनाबाट सुरु हुने भएकाले यही समयमा सचेतना अभियानलाई तीव्र पार्नुपर्ने आवश्यकता औंल्याए ।

    images
    images

    मन्त्री पौडेलले भने, ‘साउन महिनामा डेंगी लाग्ने सुरुवात हुन्छ । सुरुको महिनामै जनचेतना फैलाउने र पूर्वतयारी गर्ने हो भने भदौ, असोज र कात्तिकमा डेंगीको संक्रमणलाई फैलिनबाट रोक्न सकिन्छ ।’उनका अनुसार विगतका वर्षहरूमा प्राप्त अनुभवका आधारमा डेंगी संक्रमण भदौदेखि कात्तिकसम्म उच्च रहन्छ । हालको तथ्यांकअनुसार वार्षिक रूपमा झण्डै ५० हजार मानिस डेंगीबाट संक्रमित हुने गरेका छन् ।

    नले यस अवस्थालाई सामान्य रूपमा नलिन आग्रह गर्दै भने, ‘यो असामान्य हो, यसको उपचारका लागि विशेष औषधि छैन, प्रमाणित खोपसमेत अझै विश्वव्यापी रूपमा उपलब्ध छैन ।’सचेतनाको माध्यमबाट मात्र डेंगी नियन्त्रण गर्न सकिने उल्लेख गर्दै मन्त्री पौडेलले लार्भा नष्ट गर्न र आफ्नो वरपर सफा राख्न सबैलाई आग्रह गरे । ‘हामी जति सचेत भयौं, त्यति नै अरूलाई पनि सचेत गराउन सक्छौं ।’ उनले भने ।स्वास्थ्य मन्त्रालयले आगामी दिनमा समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र डेंगी नियन्त्रणमा सहकार्यका कार्यक्रम अघि बढाउने जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend