images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा ३४ अंकको वृद्धि, कारोबार...

सेयर बजारमा ३४ अंकको वृद्धि, कारोबार रकम १४ अर्ब माथि

सेयर बजारमा ३४ अंकको वृद्धि, कारोबार रकम १४ अर्ब माथि

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन पनि दोहोरो अंकले बढेको बजार आज ३४ दशमलव ६१ अंकले बढेर २७९४ दशमलव ७८ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १.२५ प्रतिशतले धेरै हो । 

    images
    images

    त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ८६ अंकले बढेर ४८९ दशमलव २७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये १२ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने एउटाको घटेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको सेयर मूल्य मात्रै घटेको छ । 

    परिसूचकसँगै आज कारोबार रकम पनि वृद्धि भएको छ । आज सेयर बजारमा १४ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३३० कम्पनीका ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर ९९ पटक ५०५ पटक खरिद बिक्री हुँदा १४ अर्ब ३ करोड ४८ लाख ३९ लाख ८८० रुपैयाँ बराबरको कारोबार भएको  छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज केविएल डिबेन्चर २०९० र थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend