images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा...

नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफद्वारा १० अर्ब प्रथम बीमा शुल्क आर्जन

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • काठमाडौँ । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा रु दस अर्ब प्रथम बीमा शुल्क आर्जन गरेको छ । यो नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड भएको कम्पनीको भनाइ छ । 

    images
    images

    यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्नुहुने  बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहनुभएका बीमा अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनी महानुभावहरु, नियामक निकायहरू तथा यस ऐतिहासिक लक्ष्यलाई मूर्तता प्रदान गर्न अहोरात्र सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरेका छन् ।  आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्ने कम्पनीको विश्वास छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend