images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • दराज नेपालको ‘महाबचत बजार’ सेलको घोषणा,...

दराज नेपालको ‘महाबचत बजार’ सेलको घोषणा, ८० प्रतिशतसम्मको छुट

दराज नेपालको ‘महाबचत बजार’ सेलको घोषणा, ८० प्रतिशतसम्मको छुट

images
images
बुधवार, आषाढ ३२ २०८२
बुधवार, आषाढ ३२ २०८२
  • नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराजले आफ्ना ग्राहकहरूका लागि ‘महाबचत बजार’ सेलको घोषणा गरेको छ । साउन २ देखि साउन १५ (जुलाई १८–३१, २०२५) सम्म सञ्चालन हुने यो भव्य सेल अन्तर्गत ग्राहकहरूले आफ्नो खरिदमा सगरमाथाको चुचुरो झैँ उच्च ८० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी, र २ करोड रुपैयाँ बराबरको भौचर लगायतको लाभ लिन सक्नेछन् ।

    images
    images

    महाबचत बजार सेल अन्तर्गत फ्ल्याश सेलमार्फत ग्राहकहरूले हरेक दिन विभिन्न श्रेणीका उत्पादनहरूमा सबैभन्दा न्यून मूल्यमा आकर्षक अफरहरु प्राप्त गर्न सकिने छ । यस अभियानमा सहभागी ब्रान्डहरूबाट प्रदान गरिने छुटहरूमा प्लेटिनम पार्टनरका रुपमा रहेका सिताफिल, किक, एईवीबी, मार्सियो र युनिलिभर मार्फत २५ प्रतिशतसम्मको छुट, गोल्ड पार्टनरहरू, र्‍होटो, एंकर र मम्बड्स मार्फत ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नु हुनेछ । त्यसैगरी, सिल्भर पार्टनरहरू, ब्राण्डहाउस, जीसीजी आईवेयर, न्यानो र अर्कका तर्फबाट ६० प्रतिशतसम्म छुटको पनि व्यवस्था रहेको छ ।

    महाबचत बजार सेलको मुख्य आकर्षणका रुपमा ८ देखि ८ हजार ८५८ रूपैयाँसम्मका मेगा डिलहरूमा ८ रूपैयाँ, ४८ रूपैयाँ, ८४८ रूपैयाँ, र ८ हजार ८५८ रूपैयाँमा पाइने मेगा डिलहरू पनि समावेश गरिएको छ । साथै, जियासिसको ८ केजी क्षमताको वासिंग मेसिन (४९ हजार ९९९ रूपैयाँ), वानप्लस नोर्ड सीईफाइभ (४८ हजार ९९९ रूपैयाँ), अकारिटेक ४३ ईञ्च स्मार्ट एलईडी टीभी (३२ हजार ९४० रूपैयाँ), रेडमी नोट १४ फाइभजी (३० हजार ९९९ रूपैयाँ), भरटेक्स २४ ईञ्च गेमिंग मोनिटर (१८ हजार ९९९ रूपैयाँ) र अकारीटेक ६० लिटर रेफ्रिजिरेटर (१६ हजार ९९० रूपैयाँ) लगायत सीमित स्टकमा मात्र ८ हजार ८४८ रूपैयाँमा उपलब्ध हुनेछन् ।महाबचत बजार सेल अन्तर्गत दुईजना भाग्यमानी ग्राहकले १० हजार ४९९ रूपैयाँपर्ने अल्टिमा वेभबारको १२० वाट क्षमताको साउन्डबार केवल ८ रूपैयाँमा खरिद गर्न सक्नु हुनेछ । त्यसैगरी, भ्यान्स, अर्क, नाईक, पोशिलो फुड्स, एमडब्ल्यूसी, कन्भर्स, टाईटेक्स, अलेवा लगायत १०० भन्दा बढी ब्रान्डहरूका उत्पादनहरु फ्ल्याट ६० प्रतिशत छुटमा उपलब्ध हुनेछ ।

    images
    images

    बैंक तथा ईसेवाका माध्यमबाट खरिदमा प्रिपेमेन्ट लाभ

    दराजले महाबचत बजारका माध्यमबाट ग्राहकहरुले थप लाभ लिन सकुन् भन्ने सोचका साथ यस सेलका लागि सात बैंकहरूसँग साझेदारी गरी अग्रिम भुक्तानीमा विशेष छुटहरू पनि उपलब्ध गराउने घोषणा गरेको छ । यस अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि, १५ प्रतिशत छुट (७५० रूपैयाँसम्म) र डेबिट कार्ड प्रयोगकर्ताहरूका लागि १० प्रतिशत छुट (५०० रूपैयाँसम्म) उपलब्ध गराइने छ ।योजनामा नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक र गरिमा बैंक सहभागी रहेका छन् । त्यस्तै, ईसेवा वालेट प्रयोगकर्ताहरूले रश आवर डिस्काउन्ट पनि प्राप्त गर्न सक्नेछन् । यो सुविधा सेल अवधिभर उपलब्ध हुने दराजले जानकारी दिएको छ । 

    महाबचत बजार महोत्सवका अवसरमा दराजले हाई भ्यालु पर्चेजमा हाइ भ्यालु रिवार्ड्स प्रदान गर्ने योजना बनाएको छ । जस अन्तर्गत १ लाख रूपैयाँ भन्दा बढी खर्च गर्ने ग्राहकले १० हजार छुटको भौचर प्राप्त गर्न सक्नु हुनेछ । साउन २ (जुलाई १९) राति १२ बजेबाट सुरु हुने यो अफर सीमित अवधिका लागि मात्र लागू हुने भएकाले लाभ उठाउनका लागि सक्दो चाँडै समावेश हुनका लागि दराजले अनुरोध गरेको छ । बैंक अफर, दैनिक फ्ल्याश सेल, ईसेवा छुट र मेगा डिलहरूका साथमा आयोजना गरिने यो महाबचत बजार महोत्सव वर्षकै सबैभन्दा फाइदाजनक किनमेलको अवसर बन्नेमा दराज विश्वस्त रहेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend