images

२०८३ कार्तिक ६ गते

images
images
images

सरल मौद्रिक नीतिले शेयर धितो कर्जामा वृद्धि

सरल मौद्रिक नीतिले शेयर धितो कर्जामा वृद्धि

images
images
सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • सरल मौद्रिक नीतिले शेयर धितो कर्जामा वृद्धि
    काठमाडौं । नेपालमा सरल मौद्रिक नीतिले शेयर धितो कर्जामा उल्लेखनीय वृद्धि भएको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा शेयर धितो कर्जा १८.०६ प्रतिशतले वृद्धि भई ९० अर्ब ९ करोड रुपैयाँ पुगेको छ। गत वर्षको अन्त्यसम्म यो कर्जा ७६ अर्ब ३० करोड रुपैयाँ मात्र थियो।  

    images
    images

    समग्र बैंकिङ क्षेत्रमा कर्जाको माग कमजोर देखिए पनि शेयर धितो कर्जाको माग भने तीव्र रुपमा बढिरहेको छ। हाल बैंकहरुमा अधिक तरलता रहेकाले ब्याजदर निरन्तर घटिरहेको भएता पनि अन्य कर्जाको माग भने बढेको छैन। यसैबीच, पछिल्ला महिनाहरुमा शेयर धितो कर्जाको मागमा उल्लेखनीय वृद्धि भएको बैंकरहरुको भनाइ छ।  

    शेयर बजारको निरन्तर वृद्धिका कारण पनि शेयर धितो कर्जामा आकर्षण बढेको देखिन्छ। नेप्से परिसूचक र कारोबार रकममा दिनहुँ रेकर्ड कायम हुँदै गएको छ। यससँगै शेयर कर्जाको माग पनि बढ्दो क्रममा छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीय बैंकले सेयर बजारप्रति केही लचिलो नीतिहरु अवलम्बन गरेको छ, जसले सेयर कर्जाको मागलाई थप बल दिएको छ।  

    images
    images

    केन्द्रीय बैंकले संस्थागत लगानीकर्ताका लागि मार्जिन प्रकृतिको शेयर धितो कर्जामा लागु गरेको २० करोड रुपैयाँको सीमा हटाएको छ, जसले गर्दा शेयर कर्जामा थप विस्तार हुने अपेक्षा गरिएको छ। बैंकिङ क्षेत्रमा खुकुलो नीति, घट्दो ब्याजदर, र बढ्दो सेयर बजारका कारण आगामी दिनमा सेयर धितो कर्जा अझै बढ्ने अनुमान गरिएको छ।   

    गत आर्थिक वर्षमा १ करोड रुपैयाँ भन्दा माथिको शेयर धितो कर्जा २५.०८ प्रतिशतले बढेर ५५ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। यसले ठूला लगानीकर्ताहरु शेयर बजारमा प्रवेश गरेको संकेत गर्दछ। यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा पनि १२.८५ प्रतिशतले वृद्धि भएको छ।  

    यो वृद्धि देखाउँछ कि ठूला लगानीकर्ताहरुले बजारको न्यूनतम विन्दुमा रहेका बेला कर्जा लिएर लगानी गरेका छन्। यसको आधार गत वर्षको अन्तिम महिनाहरुमा संकलित तथ्यांकमा आधारित छन।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend