images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको...

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

images
images
मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • काठमाडौं । मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल) ले नेपालमा उच्च बृद्धिसम्भावना भएका व्यवसायहरूलाई सशक्त बनाउन प्रतिबद्ध निजी इक्विटी फण्ड, अवसर इक्वीटी डाइभर्सिफाइड फण्डबाट झण्डै ३८ करोड रुपैयाँ बराबरको रणनीतिक लगानी हासिल गरेको छ ।कम्पनीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो रणनीतिक लगानी एमआईएलको बृद्धिविकास यात्रा र भविष्यप्रतिको लगानीकर्ताको गहिरो विश्वासलाई संकेत गर्ने ऐतिहासिक उपलब्धि भएको जनाएको छ ।

    images
    images

    यो लगानीबाट कम्पनीलाई आफ्ना कार्यसंचालन प्रक्रियाहरुको सुदृढीकरण गर्न, उत्पादनमा नवप्रबर्तन ल्याउन तथा नेपाल र बाहिरी बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्न मद्दत पुग्ने एमआईएले विश्वास ब्यक्त गरेको छ ।कम्पनीले उक्त लगानी मुख्यतः कम्पनीको वित्तिय अवस्थालाई थप मजबुत गर्न, तथा दिगोपनका साथै उत्कृष्टताको दिशामा अझ प्रतिबद्ध हुन प्रयोग गर्ने विज्ञप्तीमा उल्लेख छ । 

    “हामी अवसर इक्वीटी डाइभर्सिफाइड फण्डलाई हाम्रो रूपान्तरण यात्रामा रणनीतिक साझेदारका रूपमा स्वागत गर्न पाउँदा खुशी छौं ।,” मंगलम इन्डस्ट्रिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अभिनव चुरिवालले बताए, “यो लगानीले हाम्रो व्यवसायिक मोडेललाई पुर्नपुष्टि मात्रै नगरी, हाम्रो कर्मचारी, डिलर, ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरूको लागि ठूलो उत्प्रेरणा प्रदान गरेको छ जसले हाम्रो भविष्यको सफलताको आधार तयार गर्नेछ।”अवसर इक्वीटी डाइभर्सिफाइड फण्डसँगको सहकार्यमार्फत कम्पनीले नयाँ अवसरहरूको अन्वेषण गर्ने र नवप्रबर्तन तथा गुणस्तरका नयाँ मापदण्ड तय गर्ने अपेक्षा राखेको छ । 

    images
    images

    मंगलम इन्डष्ट्रिजको बारेमाः

    मंगलम इन्डस्ट्रीज लिमिटेड नेपालमा स्थापित एक अग्रणी उत्पादन कम्पनी हो, जुन गुणस्तर, नवीनता र इमानदारीमा प्रतिबद्धताका लागि परिचित छ । नेपालमा सिपिभीसी पाइप र फिटिङ्स उत्पादन गर्ने पहिलो निर्माता तथा प्लम्बिङ, ड्रेनेज, फोहोरपानी र वर्षा पानी व्यवस्थापन, पानी आपूर्ति, इलेक्ट्रिक कन्डुट प्रणाली तथा बोरवेल प्रयोजनका लागि पूर्ण दायरा भएको सिपिभिसी उत्पादनहरू निर्यात गर्ने एकमात्र कम्पनी हो।

    सशक्त डिलर सञ्जाल र दीर्घकालीन साझेदारहरूसँगको सहकार्य मार्फत, मंगलम नेपालका औद्योगिक क्षेत्रमा एक विश्वसनीय र सम्मानित ब्राण्डको रूपमा स्थापित हुँदै आएको छ ।अवसर इक्वीटी डाइभर्सिफाइड फण्ड नेपालकै पहिलो स्वदेशी निजी इक्विटी फण्ड हो, जुन विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend