images

२०८३ आश्विन २० गते

images
images
images
  • स्वास्थ्य
  • एचआइभी संक्रमित महिला नै यौन व्यवसायमा...

एचआइभी संक्रमित महिला नै यौन व्यवसायमा संलग्न..

एचआइभी संक्रमित महिला नै यौन व्यवसायमा संलग्न..

images
images
आइतवार, आषाढ २९ २०८२
आइतवार, आषाढ २९ २०८२
  • सुर्खेत प्रहरीले गत जेठ ३० गते वीरेन्द्रनगरका तीन वटा होटलबाट यौन व्यवसाय गराउने र संलग्न २९ जनालाई पक्राउ गर्‍यो। शुक्रबार मध्यराति पक्राउ परेकाहरूलाई प्रहरीले हिरासतमा राख्यो। शनिबार बिहानै यौन व्यवसायमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरू मध्ये एक महिलाले एचआइभीको औषधि मागिन्।

    images
    images

    यौन व्यवसायमा संलग्न महिलाले एचआइभीको औषधि मागेपछि प्रहरीले उनीमाथि विशेष अनुसन्धान सुरु गर्‍यो। ‘३३ वर्षीया ति महिला सात वर्षदेखि यौन व्यवसायमा रहेको खुल्यो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले भने, ‘उनले आफूलाई पहिलो श्रीमानले एचआइभी सारेको बताएकी थिइन्।’प्रहरीका अनुसार उनका पहिलो श्रीमान् भारतमा मजदुरी गर्थे। एचआइभी संक्रमित पहिलो श्रीमानको मृत्यु भएपछि उनले अर्का एचआइभी संक्रमितसँग विवाह गरिन्। दोस्रो श्रीमानबाट तीन बच्चाको जन्म भयो। ति महिलाका अनुसार बच्चाहरूमा एचआइभी संक्रमण छन्।

    दोस्रो श्रीमानको पनि मृत्यु भइसकेको छ। दोस्रो श्रीमानको मृत्युपछि आफू यौन व्यवसायमा आएको उनको भनाइ छ। ‘कमाउने अरू माध्यम छन्, दोस्रो विवाह गरेको श्रीमानको पनि मृत्यु भयो,’ उनले बयानमा भनेकी छन्, ‘अरू पेसा व्यवसाय नभएपछि यसतर्फ लागेकी हुँ।’ केही समयसम्म अरुको होटलमा यौन व्यवसाय गर्ने उनले तीन वर्षअघि आफैँ होटल सञ्चालनमा ल्याइन्। आफूसँगै पहाडी जिल्लाहरूबाट आएका किशोरीहरूलाई उनले यो व्यवसायमा संलग्न गराइन्।प्रहरीका अनुसार आफैँ संक्रमित भएको व्यक्तिले थप अन्य व्यक्तिमा रोग सार्नमा भूमिका खेलेकाले उनलाई छुट्टै मुद्दा दर्ता गरिएको थियो। प्रहरीले उनीविरुद्ध संक्रामक रोग फैलाउन नहुने सम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो। अरूलाई भने सामाजिक सदाचार, बेश्याबृत्ति सम्बन्धी मुद्दा चलाइएको थियो।

    images
    images

    प्रहरीले हालसम्म पक्राउ गरेका मध्ये एक बालिका थिइन्। ‘यौन व्यवसायमा संलग्नहरू अधिकांश छिटो पैसा कमाउने उद्देश्यले लागेको देखिन्छ,’ उनले भने, ‘कर्णालीका माथिल्ला जिल्लाहरूबाट रोजगारी र अवसरको खोजीमा वीरेन्द्रनगर झरेकाहरू नै यो पेसामा संलग्न देखिन्छन्।’पक्राउ परेका केही महिलाहरूले कोरोनाका कारण व्यवसाय धरासायी बनेपछि यौन व्यवसायको बाटो रोजेको बयान प्रहरीलाई दिएका थिए। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend