images

२०८३ आश्विन १९ गते

images
images
images

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

images
images
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • कैलाली।  छाडा पशुचौपाया व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएको धनगढी उपमहानगरपालिका-३ चटकपुरमा अवस्थित गौशालाले छाडा पशुको व्यवस्थापनसँगै आम्दानी गर्दै आएको छ।विसं २०७४ मा स्थापना भएको गौशालामा सानाठूला गरी हाल १४३ छाडा पशुहरू रहेका छन्। जसमा २७ वटा स्थानीय जातका दूध दिने दुधालु गाई छन्। ती गाईबाट दैनिक ३२ लिटर दूध उत्पादन भइरहेको गौ संरक्षण सेवा समितिका व्यवस्थापक रिता अवस्थीले जानकारी दिइन्।

    images
    images

    उनका अनुसार सुरुमा तीन लिटर दूधबाट बिक्री सुरु गरिएको थियो। हाल प्रतिलिटर ९० का दरले मासिक ८६ हजार ४ सय रूपैयाँ आम्दानी भइरहेको छ।'केही वर्षदेखि गौशालाबाट गड्यौला मल र गोठेमलसमेत उत्पादन हुँदै आएको छ। यसबाट मासिक ३० हजार रूपैयाँ आम्दानी हुन्छ। गौशालाको मुख्य आम्दानी विभिन्न गौदान, श्राद्ध, पूजाआजालगायत विभिन्न धार्मिक कार्यक्रमबाट हुने गरेको छ', गौशाला व्यवस्थापक अवस्थीको भनाइ छ।गौशालामा रहेका छाडा पशुचौपायाको हेरविचार, स्याहारसुसारका लागि गौ संरक्षण सेवासमितिले पाँचजना कर्मचारी राखेको छ। गौशालाबाट भएको आम्दानीबाट मासिकरुपमा ७५ हजार रूपैयाँ ती कर्मचारीको तलबमा खर्च हुने गरेको छ।

    यस्तै, पशु आहारका लागि भुसा, पराल, नवीन दाना, चोख्खरलगायत आहारमा खर्च भइरहेको छ।गौशालामा रहेका गाईहरूका लागि पर्याप्त आहारा अपुग छ। पर्याप्त पोषणयुक्त आहारा पुर्‍याउन सकेको खण्डमा अझै दूध उत्पादनमा वृद्धि गरी आम्दानी बढाउन सकिने व्यवस्थान समूहले जनाएको छ।'सामुदायिक गौशाला भएकाले सरकारी तवरबाट जुन रूपबाट सहयोग हुनुपर्ने हो त्यति सहयोग हुने गरेको छैन', अवस्थीले भने, 'कहिलेकाहीँ धनगढी उपमहानगरपालिका, भटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्रलगायत निकायबाट केही सहयोग हुने गरे पनि गौशाला व्यवस्थापनमा त्यसले पुग्दैन। त्यसैले यसको व्यवस्थापनका लागि सहयोग गर्न आवश्यक छ।' 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend