images

२०८३ आश्विन २५ गते

images
images
images

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

images
images
शुक्रवार, आषाढ २७ २०८२
शुक्रवार, आषाढ २७ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गर्न लागेको यो ५९ औं मौद्रिक नीति हो । राष्ट्र बैंकबाट वितीय चुनौतिलाई समाधान गर्ने खुकुलो मौद्रिक नीतिको आशा गरिएको छ ।

    images
    images

    अर्थतन्त्रले उच्च विन्दुको तरलताको चाप, न्युन कर्जा प्रवाह, अत्यन्त सस्तो व्याजदर, कम लगानीको वातावरण, खराब कर्जाको बढोत्तरीले रेकर्ड कायम गरेको जस्ता जटिल वितीय समस्याहरु देखापरेका छन् । यी समस्यालाई हल गर्नका लागि कठोर नभई खुकुलो मौद्रिक नीतिको अपेक्षा गरिएको छ ।

    वितीय चुनौतिलाई हल गर्न अल्पकालिन नीतिले काम नगर्ने स्पष्ट भइसकेको छ । यसका लागि दीर्घकालिन योजना, रणनीति र नीतिको खाँचो छ । लिक्विडिटी ट्रयाप र खराब कर्जाले बैंक तथा वितीय संस्थाको खर्च बढाएसँगै नाफामा समेत कमी ल्याइरहेको छ । निक्षेप संकलनको आकार ठुलो रहेको छ ।

    images
    images

    गएको १० वर्षमा बैंकको क्रेडिट ग्रोथ एभरेज क्रेडिट ग्रोथभन्दा कम रहेको अवस्था छ । औद्योगिक क्षेत्रको प्रयोगको क्षमता ४० प्रतिशतभन्दा कम भएको छ । राज्यको राजस्व कुल ग्राह्सथ्य उत्पादन (जि.डि.पि.) को १५ प्रतिशतले हस आएको छ । उपभोक्ताको मनोबल खस्किएको अवस्था छ । मुलुकमा व्याप्त यी आर्थिक तनावलाई सन्तुलनमा राख्न सक्ने मौद्रिक नीतिको अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend