काठमाडौँ । काभ्रे जिल्लाबाट काठमाडौँको कालीमाटी तरकारी बजारमा ल्याएको घिउ सिमी उपभोग अयोग्य भएको पाइएको छ । कालीमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले गरेको परीक्षणमा शान्ता ढुङ्गानाले बेच्न ल्याएको घिउ सिमीमा अर्गानोफस्फेट नामक विषादी उपभोग्य मात्रा भन्दा बढी पाइएको रिपोर्टमा उल्लेख छ ।
उक्त विषादी ४५ प्रतिशत भन्दा बढी भएमा नष्ट गर्नुपर्ने हुन्छ । परीक्षण गरिएको घिउ सिमीमा ८६.५४ प्रतिशत विषादी पाइएको हो । बिहीबार कालीमाटीको १५ वटा नमुना परीक्षण गरेकोमा एउटा मात्रै उपभोग अयोग्य भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
यस्तो छ रिपोर्ट :





.gif)






