images

२०८३ आश्विन १६ गते

images
images
images
  • विमा
  • स्वास्थ्य बीमा बोर्डमा नाम निकालेका १८०...

स्वास्थ्य बीमा बोर्डमा नाम निकालेका १८० मध्ये १५० डाक्टरद्वारा नियुक्ति लिन अस्वीकार

स्वास्थ्य बीमा बोर्डमा नाम निकालेका १८० मध्ये १५० डाक्टरद्वारा नियुक्ति लिन अस्वीकार

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • काठमाडौं।स्वास्थ्य बीमा बोर्डमा करार सेवामा नाम निकालेका १८० जना मध्ये १५० जना डाक्टरले नियुक्ति पत्र लिन अस्वीकार गरेका छन्। कार्य विवरण चित्तबुझ्दो नभएको भन्दै‌ उनीहरुले अस्वीकार गरेको एक चिकित्सकले बताए। उनले भने,  ‘प्रत्येक कार्यदिनमा ४०० वटा दाबीको मूल्यांकन वा रु. २५-३० लाख रकमको मूल्याङ्कन पूरा गर्नुपर्ने  भनिएको छ। एक मिनेटमा एउटा दाबी मूल्यांकन पूरा गर्न सम्भव देखिदैन।' यदि दिनमा उक्त संख्यामा दाबी पूरा नभएमा थपिँदै जाने प्रावधान अव्यवहारिक रहेको उनीहरुको भनाइ छ। 

    images
    images

    दिनमा ७ घन्टा काम गर्ने भनिएको छ। ७ घन्टामा ४२० मिनेट हुन्छ र लक्ष्य ४०० को दिइएको छ। जुन अव्यवहारिक रहेको बताउँदै उनीहरुले करारमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्। बिमा बोर्डमा लामो समयदेखि दाबीको चाङ लागेको छ। त्यसलाई फर/फारक गर्न १८० जना मेडिकल अफिसरका लागि आवेदन मागिएको थियो। जसअनुसार १८० जनाको नाम निस्केको थियो।

    कार्य विवरणमा रहेको योलगायत अन्य केही प्रावधानलाई संशोधन गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत पत्र लेखिएको छ। जहाँ उनीहरु त्यहाँ कार्य विवरण अव्यवहारिक, अवैधानिक र श्रमको उचित मूल्यांकन नभएको पाइएको उल्लेख गरेका छन्। कार्यविवरण हेरेपछि उनीहरु झस्किएका हुन्। तीमध्य २५/३० जना भने कार्य विवरण अनुसार काम गर्न तयार भएका छन्। 

    images
    images

    WhatsApp-Image-2025-07-10-at-13.58.33_60bbabdf-1752140098.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend