images

२०८३ आश्विन २१ गते

images
images
images
  • बजार
  • एक हप्तादेखि निर्धारण भएन सुनचाँदी भाउ,...

एक हप्तादेखि निर्धारण भएन सुनचाँदी भाउ, कारोबार ठप्प

एक हप्तादेखि निर्धारण भएन सुनचाँदी भाउ, कारोबार ठप्प

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • काठमाडौं । व्यवसायी विरोधमा उत्रिएसँगै एक सातादेखि सुनको मूल्य निर्धारण हुन छाडेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हरेक दिन सुनको भाउ निर्धारण गर्दै आएकोमा १९ असारयता निर्धारण गर्न छाडेको हो ।

    images
    images

    महासंघका वरिष्ठ उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले व्यवसायी विरोधमा उत्रिएर कारोबार ठप्प रहेकाले मूल्य सार्वजनिक नगरिएको बताए । ‘देशभरका सुनचाँदी पसल बन्द छन्, हामी आन्दोलनमा छौं, कारोबार नै नहुने भएपछि मूल्य सार्वजनिक गर्नुको अर्थ रहँदैन ।’ असार १९ गते प्रतितोला १ लाख ९२ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसयता अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेको छ ।

    सरकारले आर्थिक विधेयकमार्फत सुनका गरगहना खरिदमा २ प्रतिशत बिलासी शुल्क लगाएको छ भने बहुमूल्य हिरा तथा पत्थरमा १३ प्रतिशत भ्याट लगाएको छ ।यसकै विरोधमा व्यवसायी आन्दोलनमा उत्रिएका छन् । सुनका गरगहना खरिदमा लगाइएको २ प्रतिशत करले मूल्य ६ प्रतिशत बढ्न जाने र यसले अवैध कारोबार मौलाउने व्यवसायीको भनाइ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend